site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘श्रम दुरुपयोग’को आरोप पछि टप ग्लोभको उत्पादन जफत गर्दै अमेरिका
Ghorahi CementGhorahi Cement

वासिङ्टन । जबरजस्ती श्रम गराएको भन्दै अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)ले मलेसियन कम्पनी टप ग्लोभका उत्पादनहरु जफत गर्न आदेश दिएको छ । कम्पनीले डिस्पोजेबल ग्लोभ्स  (नष्ट गर्न सकिने पन्जा) उत्पादन गर्न जबरजस्ती श्रम गराएको पुष्टि गर्ने प्रमाणहरु  भेटिएको भन्दै सीबीपीले उसले उत्पादन गरेका डिस्पोजेबलग्लोभ्स जफत गर्न आदेश दिएको हो ।

ल्याटेक्स ग्लोभ्स उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी टप ग्लोभ्सले विश्वका १९५ देशमा पन्जा निर्यात गर्दै आएको छ । कम्पनीले आफ्नो श्रम अभ्यासमा निकै सुधार गर्दै लगेको बताएको छ ।

Agni Group

यसअघि गत वर्षको जुलाईमा यो कम्पनीको दुई प्रकारका उत्पादनमाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । यो पटक भने उसले कम्पनीका सबै डिस्पोजेबल ग्लोब्समाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले प्रतिबन्ध लगाएसँगै टप ग्लोभको सेयर मूल्यमा ५ प्रतिशत गिरावट आएको छ । वार्षीक ९६ अर्ब डिस्पोजेबल ग्लोभ्स उत्पादन गर्ने यो कम्पनीमा २१ हजार कामदार छन् ।

Global Ime bank

गत वर्षको नोभेम्बरमा यो कम्पनीका २८ उद्योगका झण्डै २ हजार ५ सय कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि झण्डै आधा उद्योग बन्द भएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC