site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विवादास्पद ‘सतान सुज’ निकाल्ने कम्पनीविरुद्ध मुद्दा दायर गर्दै नाइक
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेरिकी बहुराष्ट्रिय कम्पनी नाइकले ब्रुकलिन कला समूह एमएससीएचएफविरुद्ध मुद्दा दायर गर्ने भएको छ । अनुमतिबिना आफ्नो ब्रान्डको जुत्ता परिमार्जन गरी बेचेपछि ट्रेडमार्क उल्लंघन गरेको भन्दै नाइकले सो कम्पनीमाथि मुद्दा दायर गर्न लागेको हो ।

एमएससीएचएफले ‘नाइक एयर म्याक्स ९७ एस’ मोडलको जुत्तालाई परिमार्जन गरी ‘सतान सुज’ (शैतान जुत्ता) नाम दिएर नयाँ जुत्ता निकालेको हो ।

Agni Group

जुत्तामा उल्टो क्रस र पेन्टाग्राम बनाइनुका साथै बाइबलको भर्स ‘ल्युक १०ः१८’ लेखिएको छ । सोलमा एक थोपा मानव रगत राखेर बनाइएको सो जुत्ता सार्वजनिक भएको दिनमा नै ६६६ जोर बिक्री भएको थियो ।

र्‍यापर लिल नास एक्सको ‘मोन्टेरो’ बोलको गीत सार्वजनिक गर्नेक्रममा एमएससीएचएफले यो परिमार्जित जुत्ता सार्वजनिक गरेको थियो ।

Global Ime bank

“एमएससीएचएफको कदमले  कम्पनी र नाइकको उत्पादनका विषयमा भ्रम पैदा गर्ने सम्भावना बढेको छ,” नाइक कम्पनीले भनेको छ । मान्छेको रगतको थोपा राखिएको जुत्ताको विवादास्पद डिजाइनपछि एमएससीएचएफ र र्‍यापर लिल नास एक्सको सामाजिक सन्जालमा आलोचना भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC