site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
पाल्पाको प्रचार गर्न निजी क्षेत्र अघि सर्नुपर्छ 
Sarbottam CementSarbottam Cement

अशोक शाही तानसेन नगरपालिकाका मेयर हुन् । उनी पाल्पाका पुराना राजनीतिज्ञमध्येका एक हुन् । पाल्पा नेपालका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक भए पनि प्रचार प्रसारको कमीले छायामा परेको उनको बुझाइ छ ।
पाल्पाको पर्यटनको लागि निजी क्षेत्र नै अघि सर्नुपर्ने उनको टिप्पणी छ । यिनै विषयमा केन्द्रित रहेर मेयर शाहीसँग बाह्रखरीले गरेको कुराकानीः

तनसेनको मेयरका रूपमा स्थानीय सरकार साढे तीन वर्षभन्दा बढी समय चलाइसक्नुभएको छ । तपाईं नेतृत्वमा आइसकेपछि तानसेन नगरपालिकाको उन्नतिका लागि केके गर्नुभयो ?

एउटाबाट अर्को राजनीतिक कोर्षमा हामी रूपान्तरण भएका थियौँ । यस्तो परिवेशमा जनआकांक्षा ठूलो थियो । एकातिर ठूलो उपलब्धि खुसी थियो, अर्कोतिर केके न हुन्छ भन्ने अपेक्षा थियो । यसले जाँगर र बाधा दुवै सिर्जना गर्दो रहेछ । नेतृत्व सम्हाल्दै गर्दा पनि स्थानीय तह सञ्चालन ऐन बनिनसकेकाले शून्यता थियो । हामी निर्वाचित हुनेमा महत्वकांक्षा थियो । संविधान बनाएर चुनाव गरेका थियौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

तानसेनको कुरा गर्दा पर्यटन, शिक्षा, स्वास्थ्यको सेरोफेरोमा योजना बुन्यौँ । राजनीतिमा नआउँदै त्यहाका नेताले यिनैबारे कुरा गर्थे । हामीले पनि नगरपालिकाको समृद्धिका लागि पर्यटन नै एक मात्र आधार भएको महसुस गर्‍यौं । हामीसँग भएको अपरच्युनिटी पनि पर्यटन नै थियो । पर्यटन भन्नेबित्तिकै संरक्षण, पूर्वाधार र निजी क्षेत्रसँगको सहकार्य सुरुमा आउँदो रहेछ ।

तानसेन २६ वर्गकिमिबाट १०९ वर्गकिमिमा विस्तार भएको थियो । यहीँभित्र विविधता छ । तिनाउदेखि कालीगण्डकीसम्म फैलिएको छ । सुरुमा हाम्रो राजस्व स्रोत मुस्किलले डेढ अर्बको थियो । यसबाहेक अन्य स्रोतमा भर परियो । केही गरौँ भनि पहिलो वर्षलाई बाटो वर्षका रूपमा लियौं । हरेक वडाबाट नगरपालिका भवनसम्म सवारी चढेर आउन सक्ने बनायौँ । त्यसपछि ऐतिहासिक सम्पदा संरक्षण गर्‍यौँ । पुरानो पन गुमाइसकेको महसुस गरेर जीर्ण सम्पदा पुनःस्थापना गर्‍यौँ ।

Global Ime bank

अर्को गरेको काम हो, दूधमा तर लागेकोजस्तो नभएर आधारभूत जनस्तरमा परिवर्तन महसुस गरायौँ । सुरुमा दलित, अल्पसंख्यकको स्वास्थ्य बिमा गरायौँ । विस्तारै लाभान्वित वर्ग थप गर्‍यौँ । महिला, स्वास्थ्यकर्मी, सफाइकर्मी, फरक क्षमता भएकाको बिमा गर्‍यौँ । हालसम्म लाभान्वितको संख्या १८ सय छ । सबै काम एकैपल्ट गर्न पनि नसकिँदो रहेछ । राजस्व बढेर क्षमता विस्तार हुनुपर्ने रहेछ ।

केही ठूला आयोजना पनि सुरु गर्‍यौँ । अर्थतन्त्र चलायमान बनाउन यस्ता परियोजना अघि बढाउन थाल्यौँ । छेर्लुङको कालीगण्डकी करिडोरबाट जोडेर तानसेन ल्याउने हो भने बुटवल जान ८० किमि छोटिन्छ । त्यहाँ फास्टट्रयाकको योजना अघि बढायौँ । अहिले कच्ची बाटो छ, केही सुधार गर्दा बाह्रै महिना ठूला गाडी चलाउन सकिन्छ । बौवा गुम्बामा भएको गिट्टी, ढुंगा उपयोग गर्न पनि बाटोको महत्व छ । सँगसँगै युवापुस्ता लक्षित कार्यक्रम ल्यायौँ । बिनाधितो कर्जा, सीप र व्यवसायसँग जोड्यौँ । सुरुमा त बैंकले हामीलाई पत्याएका थिएनन् । दोस्रो वर्ष सकिँदै गर्दा नेपाल बैंकको साथ पायौँ । युवा स्वरोजगारका योजना अघि बढायौँ । सीप, जाँगर, इच्छाशक्ति र इमानदारिताका आधारमा नगर आफैँ जमानी बसेर कर्जा निकाल्ने व्यवस्था गर्‍यौँ । हालसम्म ७२ परियोजनामा दुई करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यसबाट ५०० व्यक्ति संलग्न भएका छन् । साथसाथै महिना र दलित स्वावलम्बी कार्यक्रम पनि सञ्चालनमा छन् ।

हाम्रो प्रयत्न कृषिमा बढी बजेट विनियोजन गर्नु थियो । कृषितर्फ एक हजारभन्दा बढी बाख्रा, आवश्यक बीउ बोकाको बन्दोबस्त गर्‍यौँ । फापर, मरिचलगायत नगदेबाली प्रवद्र्धन गरेका छौँ । हालसम्म १५ सय युवालाई सीपमूलक तालिम दिएका छौं ।

आम सर्वसाधारमा आशा बढी छ कि निराशा बढी पाउनुभयो ?
उहाँहरुमा नकारात्मक सोच विस्तारै कम भएको पाएको छु । यत्तिका काम गरेपछि गाली पनि लुकेर गर्नुपर्छ । हिजो देखादेखी गाली गर्थे, आज त्यो छैन ।

तर, स्थानीय तहले लगाएका करसँग अलि असन्तुष्टि हो ? विशेष गरी दोहोरो कर ।

शुल्क लिएर सुविधा दिनुपर्ने आधुनिक सोच हो । कुनै बेला हिँड्दा अपराधीझैँ हेर्थे । तर, दोहोरो कर कतै थिएन । हाम्रो नगरमा प्रशासनिक खर्च लाग्दैन । जन्मदर्ता गराउन आउँदा उल्टै तीन हजार रुपैयाँ दिएर पठायौँ । यसको चर्चा कतै भएन । अहिले तानसेन नगरपालिकाको राजस्व चार करोड हुन्छ । तर, खर्च ११ करोड हुन्छ । नियमित काम कसरी गर्ने ? यस्तै, अरु पूर्वाधार कसरी निर्माण गर्ने ? ७५ लाख रुपैयाँको बिमा गरेका छौँ । त्यो पनि जुटाउनैपर्छ । खानीपानीमा छुट दिएका छौँ । यी कुरामा ध्यान गएन, कर उठायो मात्र भनियो । करै नलिने मुलुक कति छन् र संसारमा ? करअनुसारको सेवा दिए÷नदिएको कोणबाट हेर्नुपर्छ ।

परिवर्तन आकाशबाट खस्ने कुरा हो भनेर नबुझ्न सबैलाई आग्रह गर्छु । हामीले नागरिकलाई यो बुझाउन नसकेको हुनुपर्छ । चुनावमा भोट माग्ने क्रममा सबै काम सित्तैमा गरिदिन्छु पो भन्यौँ कि ! अहिले केही व्यक्तिबाहेक सबैले यो कुरा बुझेका छन् ।

पाल्पा भनेपछि पर्यटनको दृष्टिले चिनिन्छ । तानसेन आफैँमा सदरमुकाम र पर्यटकीय गन्तव्य हो । पर्यटन प्रवद्र्धन गर्न के कस्ता कार्यक्रम अघि बढाउनुभएको छ ? निजी क्षेत्रलाई कसरी जोड्नुभएको छ ?

नगरमा पर्यटन हेर्ने छुट्टै निकाय हुनुपर्ने महसुस गरेर पर्यटन एक्सन कमिटी (ट्याक) नामक स्थायी संरचना तयार पार्‍यौँ । समितिले पूर्वाधार निर्माण गर्ने, प्रचारप्रसार गर्ने, वार्ताका माध्यमबाट प्रवद्र्धन गर्ने गर्छ । पोखरामा तानसेनको प्रचारार्थ डिजिटल बोर्ड राखेका छौँ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गरेका छौँ । पर्यटन शिक्षास्वरुप गाइडलगायत ट्रेनिङ दिएका छौँ ।

पर्यटन भनेको निजी क्षेत्रसँगको सहकार्यबिना असम्भव रहेछ भन्ने महसुस गरी सार्वजनिक–निजी साझेदारी गरेका छौँ । पर्यटकीय स्थललाई व्यावसायिक रूपमा अघि बढाउने भनेर काम अघि बढिरहेको छ । रानीमहलमा सहकार्य सुरु भएको छ, हाइवे रिफ्रेसमेन्ट सेन्टरको सम्झौता हुँदै छ ।

सरकार सहयोगी मात्र हुनसक्छ, सक्रिय भूमिका निजी क्षेत्रको हुने रहेछ । निजी क्षेत्रको सहकार्यको सुरुमा रिसोर्स म्यापिङ गर्‍यौँ । सोहीअनुसार हातेमालो गरेका छौँ । हामीले नगरमा १०१ फिटको प्रतिमा राख्ने काम अघि बढाएका छौँ । कृषि पर्यटन प्रवद्र्धन गर्नेलाई थप सहुलियतमा धेरै कर्जाको व्यवस्था छौँ । पोखरामा पाल्पाली हाउस खोल्ने योजना बनाएका छौँ ।

पाल्पा चिन्दै नचिनेकाहरु तानसेन किन आउने त ?

तानसेन ऐतिहासिक सहर हो । युनेस्कोले तानसेनलाई मध्यकालीन बस्ती भनेको छ । यहाँको संस्कृति, इतिहास, प्रकृति मन लोभ्याउने छ । धार्मिक इतिहास हेर्दा रिडी क्षेत्रको १३ सय वर्ष पुरानो इतिहास छ । किंवदन्ती र पुराणमा तानसेनको वर्णन छ । रिडी चार धाममध्ये एक हो । संसारमै एउटै कालो शालिग्रामले बनेको मूर्ति ऋषिकेश मन्दिरको मूर्तिमात्र हो । तानसेनबाट हिमाल, सूर्योदय अवलोकन गर्न सकिन्छ । दक्षिणपट्टि फर्र्किएको तानसेन न्यानो छ । तराईभन्दा शितल हुन्छ, पहाडभन्दा न्यानो हुन्छ ।

वि.सं. २०११ सालमा बनेको अस्पतालमा भारतबाट पनि उपचार गर्न आउँथे । यहीको मिसन अस्पतालमा विश्वासिलो उपचार गर्न सकिन्छ ।

इतिहासको कुरा गर्ने हो भने नेपाललाई ब्रिटिसले निल्न खोज्दा नेपालीले जितेर बनाएको भगवती मन्दिर छ । सिन्दुर जात्रा धार्मिक जात्रा मात्र नभएर राष्ट्रिय स्वाधीनता झल्काउने जात्रा हो । काठमाडौंभन्दा अन्तर रहेको नियाक्लासिकल दरबार रानीमहलमात्र हो । त्यहाँ उत्तरायण गंगा छन् । काली नदी शालिग्राम पाउने एक मात्र नदी हो । हामीले हाम्रा सामानको प्रचार गर्न नसकिएको हो । यस्तो प्रचार गर्न निजी क्षेत्रले मात्र सक्छ । जबसम्म निजी क्षेत्रले हामीसँग यी ठाउँ छ भन्दैन, तबसम्म कोही घुम्न आउँदैन ।

पर्दाभित्र दोकान राखेको छ अनि मैले यो वस्तु बेच्छु नभने व्यापार कहाँ हुन्छ ? हामीसँग धार्मिक सेन्टिमेन्ट पनि छ । हाम्रो कमजोरी बजारीकरणको सीप नहुनु हो । अर्को कुरा, पर्यटन पूर्वाधार बनाउन निजी क्षेत्रलाई आकर्षित गर्न सकेनौँ ।

तानसेन जान चाहने पर्यटकलाई के सुविधा छन् त ?

पछिल्लो समय व्यावसायिकतामा वृद्धि भएको छ । होमस्टे सञ्चालनमा आएका छन् । थ्री ह्विलर सवारी प्रशस्त छन् । जहाँ पनि पुग्न सकिन्छ । हामीले तालिम दिइका गाइड छन् । पाँचतारे होटल नै बनिसकेको छैन, उसको क्षमताअनुसार विकल्प छान्न सक्छ । पोखरा तथा काठमाडौंजस्तो सुविधा नहुन सक्छ । तर, एउटा पर्यटकले खोज्ने सबै सुविधा उपलब्ध छ ।

काठमाडौंमा हुने राजनीतिक खिचातानीले तपाईंहरुलाई काम गर्न कत्तिको असहजता छ ?

घरमा बुवाआमा झगडा गरे छोराछोरीको पढाइमा पक्कै असर पर्छ । स्वाभाविक रूपमा स्थानीय सरकारमा परेको छ । तर पनि हाम्रो प्रयत्न असर सकेसम्म कम पार्ने प्रयास गरेका छौँ । अन्तजस्तो धेरै प्रभाव तानसेनमा नपर्ला भन्ने विश्वास मेरो छ ।

चुनावी अभियानमा गरेका प्रतिबद्धताअनुसार काम गर्न सक्ने वातावरण हुँदो रहेछ कि रहेनछ ?

सपना यथार्थमा रूपान्तरण गर्नु निकै गाह्रो हो । तर, धेरै मात्रामा भयो कि भएन ? इमानदारितासाथ प्रयास गरियो कि गरिएन ? भन्ने कुराले अर्थ राख्ने रहेछ । मेरो हकमा मैले इमानदारिताका साथ काम गरेको छु, अधिकांश प्रतिबद्धता पूरा गरेको छु । तर, कतिपय काम अधुरा छन् । स्रोत, व्यवस्था परिवर्तनको अप्ठ्यारा पनि छन् । यो कुरा हाम्रा मतदाता नागरिकले महसुस गरेका छन् ।

चार वर्ष बित्दै गर्दा आफूले सोचेअनुसारको कार्ययोजनामा कतिको खरो उत्रिएको पाउनुभएको छ ?

त्यो त तपाईंहरुको काम हो, आम नागरिकको काम हो । तर, परीक्षा दिने अन्तिम दिनसम्म पढाइ सिध्याइएन कि भन्ने हुन्छ । काम गर्दा पनि त्यस्तै हुने रहेछ । त्यो हुटहुटी रहँदो रहेछ । अझै बेसी समय भइदिएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने महसुस हुने रहेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC