site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
फरहान अभिनीत ‘तुफान’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदै

मुम्बई । कोरोना महामारीकालमा धेरै चलचित्रमा डिजिटल प्लेटफर्ममा रिलिज भए । तर, स्थिति सामान्य हुन थालेसँगै निर्माताहरु पुनः हल रिलिजतर्फ फर्किइसकेका छन् ।

भारतमा सय प्रतिशत सिट क्षमतामा हलहरु सञ्चालन गर्न अनुमति पनि दिइसकेको छ । तर, अभिनेता फरहान अख्तर अभिनीत चलचित्र ‘तुफान’ भने हलमा नभई डिजिटल प्लेटफर्ममा नै रिलिज गर्ने तयारी गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले लेखेको छ, “तुफानले सुरुमा २०२० सेप्टेम्बरमा रिलिज गर्ने अपेक्षा गरिएको थियो । यद्यपि, लकडाउन भएपछि भने चलचित्रको रिलिज अनिश्चितकालका लागि होल्ड गरिएको थियो । अन्ततः निर्देशक राकेश ओमप्रकाश मेहरा र निर्माताहरु यसलाई हलमा नभई सिधै ओटीटी प्लेटफर्ममा रिलिज गर्ने निर्णयसहित आएका छन् । योसँगै स्पष्ट हुन्छ कि अब तुफान सिधै अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।”

सोही स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले अगाडि लेखेको छ, “हलहरु भर्खरै खुल्न थालेका छन्, हलको व्यापार पहिलेजस्तै सामान्यमा फर्कन अझै समय लाग्नेछ । यसरी अनिश्चित वातावरण भएको हलमा चलचित्र रिलिज गर्नु भनेको चलचित्रको व्यापारमा हानि हुनु हो । त्यस्तै, अर्कोतर्फ डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्दा चलचित्र निर्माताहरु सुरुको खर्च भए पनि कभर हुनेमा निश्चित छन् ।”

यस चलचित्रमा अभिनेता फरहान बक्सरको मुख्य भूमिकामा देखिँदै छन् । उनका साथै चलचित्रमा मृणाल ठाकुर र परेश रावलको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:००
प्रतिक्रिया दिनुहोस्