site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जापानी अर्बपतिले चन्द्रमा भ्रमणमा जान आठजनाको खोजी गर्दैछन् !
Ghorahi CementGhorahi Cement

बीबीसी । जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमणमा जानका लागि सर्वसाधारण तर्फबाट ८ जनाको खोजी गरिरहेका छन् ।

उनले आफ्नो ट्वीटर अकाउन्ट मार्फत यसबारे घोषणा गरेका हुन् । एलन मस्कको कम्पनी ‘स्पेस–एक्स’ को यो मिसन २०२३ का लागि निर्धारित गरिएको छ । यसमा युसाकु सहित यात्रामा सहभागी सबैले चन्द्रमाको पहिलो निजी भ्रमण गर्नेछन् । युसाकुले आफूसँग जान चाहनेहरुको सम्पूर्ण यात्रा खर्च आफूले ब्यहोरिदिने पनि बताइसकेका छन् । 

Agni Group

यसमा आवदेन दिनेहरुसँग दुईवटा योग्यता मात्र हुनुपर्ने भनिएको छ : समाजलाई महान् बनाउन र अरुलाई मद्दत गर्न सो व्यक्ति कुनै न कुनै क्रियाकलापमा लागेको हुनुपर्छ र अर्को क्रु मेम्बरहरुलाई पनि समर्थन गर्न इच्छुक हुनुपर्ने हुन्छ ।

उनले भनेका छन्, “मैले सबै सिट किनिसकेको छु । त्यसैले यो सबैका लागि निजी भ्रमण हुनेछ ।”

Global Ime bank

युसाकु जापानका फेशन मोगुल हुन् र यसअघि पनि उनले चन्द्रमाको पहिलो निजी भ्रमणमा आफूसँग सहभागी हुन कलाकारहरुलाई निम्ता गर्ने बताएका थिए । उनले भनेका छन्, “यदि तपाईँले आफूलाई कलाकार देख्नुहुन्छ भने तपाईँ कलाकार नै हो ।”

गत वर्ष युसाकु अर्को कारणले पनि विविश्वभर चर्चामा आएका थिए । त्यसबेला उनले यो भ्रमणमा जान नयाँ केटीसाथीको खोजी गरिरहेको ट्वीट गरेका थिए । तर अन्त्यमा द्विविधापूर्ण भावका कारण योजना रद्द गराएका हुन् । 

२०१८ मा उनी एलन मस्कको स्पेसएक्सबाट चन्द्रमाको निजी भ्रमणमा जाने विश्वकै पहिले यात्रु घोषित भएका थिए । तर यो सम्पूर्ण यात्राको टिकटमा उनले कति खर्च गर्दैछन् भन्ने चाहिँ खुलासा भएको छैन । २०२३ मा यो मिसन पूरा भएमा, १९७२ पछिको चन्द्रमामा पहिलो मानव भ्रमण हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC