राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिडियाखानामा ज्येष्ठ नागरिक र महिलाका लागि विद्युतीय गाडीको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
उनले वन तथा वातावरण मन्त्रालयलाई विद्युतीय गाडी उपलब्ध गराइ सञ्चालन गर्न निदर्देशन दिएका हुन् । विश्व वन्यजन्तु दिवसका अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरको जाउलाखेलमा रहेको सदर चिडियाखानाको भ्रमण गरेका हुन् । उनको साथमा पत्नी राधिका शाक्य पनि थिइन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी राधिकाले आफ्नो पेन्सनबाट एकसिंगे गैंडालाई एक महिनासम्म आहारा दिने घोषणा गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ १९:५१
प्रतिक्रिया दिनुहोस्