site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
११३ स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब ८ करोड निकासा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख २३ हजार रुपैयाँ स:सर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरु निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाहरुको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिन्छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि दुई अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए ।

Global Ime bank

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँबराबरको स्रोत सुनिश्चित गरेको थियो । सोहीअनुसार गत मंसिर १५ गते तीन सय आठवटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC