site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेक इन नेपालको बहसमा परिसंघ, अर्थमन्त्रीसँग छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल–स्वदेशी अभियानका विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघको टोलीले यो अभियानले स्वदेशीउत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन, नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्य लिएको अर्थमन्त्रीलाई जानकारी गराएको हो ।

अध्यक्ष मोरले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताए । यस अभियानमा सरकारले स्वमित्वबोध गरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

परिसंघको यो अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यो अभियानमार्फत पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान परिसंघको लक्ष्य छ ।

Global Ime bank

अर्थमन्त्री पौडेलले परिसंघले अगाडि सारेको अवधारणा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनुपर्ने बताए । यस अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने उनले बताए ।

आगामी बजेटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्य सहयोग उपलब्ध गराउने उनले बताए ।

 यसैबीच परिसंघले यो अभियानबारे उद्योग मन्त्री लेखराज भट्टलाई समेत जानकारी गराएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC