site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि, मंगलबार फर्कने
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।

भारतको नयाँदिल्लीमा उपचाररत् भट्टराईको बायेप्सीलगायतका परीक्षणबाट क्यान्सर संक्रमण नभएको पुष्टि भएको उनका सञ्चार सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उक्त ट्युमरलाई छिट्टै शल्यक्रियाद्वारा फाल्न चिकित्सकले सुझाएको उनको भनाइ छ । नफाले क्यान्सरको जोखिम बढ्ने चिकित्सकको निष्कर्ष छ ।

डा. भट्टराई मंगलबार स्वदेश फर्कने तय भएको पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्