site stats
बाह्रखरी :: Baahrakhari
देश
पीडित र अभियन्ताद्वारा काठमाडौं महानगरपालिका कार्यालय घेराउ (तस्बिरसहित)

काठमाडौं । बृहत् नागरिक आन्दोलनले आइतबार काठमाडौं महानगरपालिका कार्यालयअगाडि धर्ना दिएको छ । महानगरले विकासका नाममा विनास गरेको भन्दै धर्ना दिएको हो ।

कमलपोखरीको कंक्रिटको फूल र बालाजु, बाइपासमा सडक विस्तारका क्रममा स्थानीयलाई उठिबास लगाइएको भन्दै सोही स्थानमा पुनःस्थापनाको मागसहित प्रदर्शन गरिएको हो ।

धर्नामा सहभागीले ‘नागरिकलाई सडकछाप बनाउने कस्तो सरकारको नीति ?,’ ‘राज्य संयन्त्रका अंगहरुको दुरुपयोग बन्द गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, सम्पदा संरक्षण अभियन्ता, लेखक, पत्रकार, अधिवक्तालगायतको सहभागिता रह्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तस्बिरहरुः हरिशजंग क्षेत्री/बाह्रखरी ।

 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १३:३७
प्रतिक्रिया दिनुहोस्