site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अडिटर नै नक्कली बिल कारोबारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । अडिटर अर्थात लेखापरीक्षक नै नक्कली बिल कारोबारमा संलग्न रहेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा नक्कली बिल बनाएर बेच्ने कार्यको नेतृत्व लेखापरीक्षकले नै गरेको खुलेको हो ।

अनिल गुप्ता नाम गरेका ‘ख’ श्रेणीका अडिटरले नक्कली बिल बेचेर ५० करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको हो । गुप्ताले आरोप स्वीकार गरिसकेका छन् भने कागजपत्रको अधययनबाट उनको कसुर पुष्टि भइसकेको विभाग स्रोतले जानकारी दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गर्ने तयारी गरेको छ । गुप्ताले कपडा, रेडिमेड जुत्ता–चप्पल आयात गरेको देखाएका छन् । उनको कुनै कारोबारस्थल अर्थात सामान भन्डारणस्थल छैन ।

सानो कार्यालय खडा गरेका छन् । भ्याट, प्यान, खरिद–बिक्री खाता सबै बिल–बिजक अद्यावधिक गरेका छन् । भ्याट विवरण बुझाएका छन् भने आयकर पनि तिरेका छन् । थोरै–थोरै अरु कर पनि तिरेको देखिन्छ ।

Global Ime bank

तर, उनको आयातीत सामान राख्ने गोदाम छैन । १ रुपैयाँको सामान पनि भौतिक रूपमा बेचेको देखिँदैन । स्रोत भन्छ, “सबै बिल नक्कली बनाउँदै बेचेका छन् ।”

विभागको अनुसन्धानबाट गुप्ताले कपडा तथा रेडिमेड सामान आयात गरेर डन्डी, सिमेन्ट, फोटोकपी कागज, टोन, पाइप फिटिङ्स बेचेको बिल बनाएका छन् । स्रोतले भन्यो, “जहाँ जसलाई जस्तो प्रकारको बिल चाहिएको छ, त्यस्तै बिल जारी गर्ने गरेको पाइएको छ ।”

पछिल्लो अवधिमा कर छलीको फरक प्रवृत्ति मौलाउँदा छन् । यसअघि, अरु व्यक्तिले नक्कली बिल बनाएर बेच्ने गरेको भए पनि लेखापरीक्षक अर्थात् संगठित ढंगले यस्तो कार्यमा लागेको पहिलो घटना हो ।

आरोपित लेखापरीक्षकसँग बिल किन्नेलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ । बिल किन्ने व्यक्तिलाई आफ्नो व्यवसायको प्रकृतिअनुसार बिल चाहिएपछि गुप्ताले सोहीअनुसारको बिल तयार पारिदिने गरेको पाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC