site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बिल गेट्स भन्छन्– ‘बिटकोइन’ मेरा लागि होइन 

बीबीसी । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बिटकोइनमा कुनै लगानी नगरेको नयाँ सोसल नेटवर्क क्लबहाउसमा बताएका छन् । होस्ट एन्ड्रयु सोर्किनसँग बोल्दै उनले वस्तुहरु उत्पादन गर्ने कम्पनी जस्तै दादुरा, मलेरियाको खोप लगायतमा लगानी गर्न चाहेको बताएका हुन् । अर्बपति गेट्सले अरुका लागि त्यसले कति फाइदा गराउँछ भन्ने आधारमा आफूले लगानी नगर्ने गरेको बताए । 

यसअघिको एक अन्र्तवार्तामा उनले टेस्लाका मालिक एलन मस्कको ‘क्रिप्टोकरेन्सी’ प्रतिको बढ्दो उत्साहबारे पनि छलफल गरेका हुन् । ब्लुमबर्गसँग उनले भनेका हुन्, “बिटकोइनबारे मेरो सोचाइ भनेको यदि तपाईँसँग एलन मस्क भन्दा कम पैसा छ भने तपाईँले यसमा सावधान हुनुपर्ने हुन्छ । एलनसँग एकदमै धेरै पैसा छ र उनी विवेकी छन् त्यसैले मलाई उनको बिटकोइन जथाभावी माथि तल जान सक्ला भन्नेमा मलाई कुनै चिन्ता छैन । ”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टेस्लाले बिटकोइनमा १.५ अर्ब डलर लगानी गर्ने घोषणा गर्नासाथै यसको शेयर मूल्य ५० प्रतिशतले वृद्धि भएको थियो तर पछि फेरि २० प्रतिशतले घटेको हो । 

बिल गेट्सले बिटकोइनबारे पहिले नै शंका व्यक्त गर्दै आएका छन् । २०१८ को एक अन्र्तवार्तामा उनले ‘यो मेरा लागि होइन’ भनेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्