site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजीनामा नदिने अडानमा ओली, यी हुन् स्थायी कमिटी सदस्यले देखाएका बाटा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन चौतर्फी दबाब छ ।

प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक राखेरै ओलीलाई सहज निकास दिन भनिसकेका छन् । आफैँले ‘गला’ निमोठेको, हत्या गर्न उद्यत भएको संसद्‌सामु मुख देखाउन ओलीको नैतिकताले नदिनुपर्ने हो भनेर सांसदहरूले धारणा राखेका छन् ।

“प्रधानमन्त्रीले यतिबेलासम्म नैतिकताका आधारमा राजीनामा दिइसक्नुपर्ने हो । तर, राजीनामा नदिइसकेकाले के गर्ने भन्ने अहिलेको बहसको विषय हो,” संसदीय दलको बैठकपछि प्रमुख सचेतक देव गुरुङले भने, “संविधानको रक्षा गर्नुपर्ने सरकारको दायित्व हो । संविधानको रक्षक होइन भक्षक बन्न उद्यत रह्यो । संविधानलाई भक्षण गर्न लागिराखेको छ । त्यसको कुनै आत्मानुभूति छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीमा ‘मातृहत्या (जुन संसद्ले आफूलाई जन्मायो, प्रधानमन्त्री बनायो, त्यसैलाई हत्या गर्ने)’ प्रवृत्ति देखियो । त्यस्तो प्रकारको प्रवृत्तिले संसद्‌मा गएर कुन हैसियतले, कुन नाकले फेस गर्ने ? कुन नाकले समर्थन गर भनेर भोट माग्ने ?” गुरूङको प्रश्न थियो ।

विभाजित नेकपाले मात्र नभई अहिले सबैजसो राजनीतिक दल, प्रबुद्ध समुदायले प्रधानमन्त्रीलाई सहज निकास दिन भने पनि प्रधानमन्त्री आफ्नो अडानमा निर्भीक रहेको उनीनिकट स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ बताउँछन् ।

Global Ime bank

“राजीनामा दिएर किन उनीहरू (प्रचण्ड-माधवकुमार नेपाल) लाई सजिलो बनाउने ?” उनी प्रश्न गर्दै भन्छन्, “प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने के कारण छ र ?”

प्रधानमन्त्री ओली पक्षको स्थायी कमिटीको बैठक बुधबार बसेको थियो । बैठक भोलि पनि जारी रहने र छिट्टै संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार आजको बैठकमा प्रधानमन्त्रीको राजीनामाबारे बहस, छलफल भएको थियो । सदस्यहरूले ओलीले सहज निकास दिन नहुने नै धारणा राखेको ती सदस्य बताउँछन् । “संसद् पुनःस्थापनापछि ओलीले खेल्ने मौका पाउनुभएको छ,” ती सदस्य भन्छन्, “मुलुक फोहोरी संसदीय खेलमा प्रवेश गरिसकेको छ । यस्तो परिस्थितिमा धेरै आदर्शको कुरा गरेर हुँदैन । नैतिकता प्रदर्शन गरेर पनि हुँदैन । आफू पनि त्यही प्रक्रियामा छिर्नुपर्छ ।”

राजनीतिक लडाइँ भएकाले संसद्‍मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्ने र यही सरकारलाई टिकाउन प्रयत्न गर्नुपर्ने सुझाव आएको उनी बताउँछन् ।

“ओलीसँग अझै पनि धेरै विकल्प छ । कांग्रेस, जसपासहितको नेतृत्वमा आफ्नो सरकार बनाउने कि, उनीहरूलाई समर्थन गरेर प्रचण्ड-माधवकुमार नेपालहरूलाई बाहिर राख्ने हो कि, कसैलाई समर्थन नगरी प्रतिपक्षीको बेन्चमा बस्ने हो कि, या त पुरानै अवसरवादीसँग एकता गर्ने कि भन्ने विकल्प हाजिर छन् । त्यसकारण अहिले नै राजीनामाको विकल्पबारे किन सोच्ने ?” उनको भनाइ छ ।

स्थायी कमिटी सदस्यहरूको यो रायमा प्रधानमन्त्री ओली कन्भिन्स छन् ।

यद्यपि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने अरू राजनीतिक दलहरूसँगको परामर्श, छलफलपछि एउटा निचोडमा पुग्ने बताएका थिए । स्थायी कमिटीमा ओलीलाई राजीनामा नदिन सुझाउने मात्र छैनन् । उनीनिकट स्थायी कमिटी सदस्य किरण गुरुङले राजीनामा दिन सुझाउँछन् ।

“संसद् पुनःस्थापना भइसकेपछि अदालतको फैसलालाई सम्मान गर्नुपर्ने हुन्छ । अब उहाँका निम्ति दुईवटा विकल्प छन् । एउटा नैतिकता आधारमा राजीनामा दिने । अर्को, अविश्वासको प्रस्तावको सामना गर्ने,” उनी भन्छन् । हिजोसम्म ओलीकै कोर्टमा बल रहेकाले सर्वोच्चको फैसलापछि प्रचण्ड-माधवको क्याम्पमा सरेको गुरुङ बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC