site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीको जिकिर– संसद् पुनःस्थापना गरिए प्रधानमन्त्री खोज्दै मैकहाँ आउनुपर्छ’
फाइल तस्बिरः प्रधानमन्त्रीको सचिवालय ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए के हुन्छ भन्ने अदालतलाई थाहा छ नि ? भन्दै प्रश्न गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित आफूनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले अदालतले अस्थितरतातर्फ जान दिने विश्वास गर्न नसिकने बताए । “अदालतलाई राम्ररी थाहा छ नि पुनःस्थापना भयो भने के हुन्छ ? अदालतलाई राम्ररी थाहा छैन र ? पुनःस्थापना भयो कथमकदाचित भने प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ । कहिले उत्तरतिर, कहिले दक्षिणतिर हिँड्नुहुन्छ,’’ उनले भने ।

Agni Group

ओलीले प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने एक प्रतिशत पनि सम्भावना नरहेको बताए । प्रधानमन्त्री खोज्दै प्रचण्ड–नेपाल आफैँकहाँ आउनुपर्ने उनको भनाइ छ । ‘‘उहाँहरुको कुनै चान्स छ ?  कुनै सम्भावाना छ प्रधानमन्त्री हुने ?   विलकुल छैन । एक प्रतिशत मात्रै होइन कि एक प्रतिशतभन्दा पनि तलतल । लडाइँ जित्नु भो भने उहाँहरुले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने हो । खोज्दै हिँडेर अन्त्यमा मैकहाँ आइपुग्नुपर्छ,’’ उनले भने ।

ओलीले संसदीय अभ्यासमा बहुमतको प्रधानमन्त्रीले चलाउने वातावरण नभए संसद् विघटन गर्न पाउने जिकिर गरे । उनले सूर्य चिह्नमा प्रचण्ड नलडेकोले उनले सूर्य चिह्न नपाउने दाबी गरे । अब देश ठिक बाटोमा जाने र लोकतन्त्रलाई तल–माथि पर्न नदिने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC