site stats
बाह्रखरी :: Baahrakhari
देश
संसद् विघटनको बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनबारे पक्ष–विपक्षको बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेका छन् । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो ।

बहस सकिएपछि ढिलोमा आउँदो शुक्रबारसम्म सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला सुनाउने बताइएको छ । यस्तोमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चारवोटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएका छन् । प्रहरीका एक उच्च अधिकारीले भने, “राजनीतिक रूपमा घटनाक्रम अस्वाभाविक रूपमा देखिन सक्छन् । यसका लागि हामी तयार छौँ । शान्ति सुरक्षामा असर नपरोस् भन्नेतर्फ सचेत छौँ ।”

आफूहरुको विपक्षमा फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीसहित प्रचण्ड–नेपाल समूहले पनि बताइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १३:१६
प्रतिक्रिया दिनुहोस्