
काठमाडौ । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा...’ नाटकमा मञ्चन हुने भएको छ ।
वस्तीले हरेक शनिबार कान्तिपुर पत्रिकामा सोही शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये १०/११ वटालाई जोडेर नाटकमा उतार्न लागिएको हो । सुनील पोखरेलको परिकल्पना/संयोजनमा बन्न लागेको उक्त नाटकमा ज्ञ का विद्यार्थीहरुले अभिनय गर्दै छन् । नाटकलाई ज्ञ कै १० जना विद्यार्थीहरुले निर्देशन पनि गर्दै छन् । हरेक स्तम्भलाई छुट्टाछुट्टै निर्देशकले निर्देशन गर्ने जनाइएको छ ।
स्तम्भलाई नाटकमा उतार्नुको कारण बारे सुनील भन्छन्, “उहाँको स्तम्भमा वर्तमान समयको भद्रगोललाई उठाइएको छ । उहाँको स्तम्भले वर्तमानको राजनीतिक अस्थिरतालाई समेटेको छ । त्यसैले यो समयमा नाटक मञ्चन गर्न योबाहेक उचित अरु कुनै लागेन मलाई ।”
वस्तीको स्तम्भमा पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक शैलीलले टिप्पणी गरिएको पाइन्छ । नाटक यही फागुन १८ देखि चैत ७ गतेसम्म शनिबारबाहेक हरेक दिन साँझ ५ः३० बजे मण्डला थिएटरमा मञ्चन हुँदै छ ।