site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘२०२२ सम्म मास्क लगाउनुपर्ने हुन सक्छ’
Sarbottam CementSarbottam Cement

वासिंटन । अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ का निर्देशक, वरिष्ठ डाक्टर एन्थोनी फौसीले २०२२ सम्मै मास्क लगाइरहनुपर्ने सम्भावना रहेको बताएका छन् ।

पेन्डामिकअघिको जीवनमा कहिले फर्कन सकिएला भन्ने अनुमान गर्न नमिले पनि यस वर्षको अन्त्यतिरमा धेरै कुरा सामान्यीकरण हुने उनले बताए । उनका अनुसार गत वर्ष जे हामीलाई ठूलो बोझजस्तो लागेको थियो, त्यो अब कम भयानक लाग्न थाल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनेका छन्, “वर्षको अन्त्यसम्म अर्को जाडोयाम आइपुग्दा हामी धेरै हिसाबमा सामान्य जीवनमा फर्किसकेका हुनेछौँ । तर यसमा सो जीवनशैली २०१९ को नोभेम्बरअघिको अवस्थामै पुगिनेछ भन्नेचाहिँ निश्चित छैन तापनि हामी अहिले भन्दा धेरै सहज महसुस गर्नेमा म राष्ट्रपति बाइडेनसँग पूर्ण सहमत छु ।”

अझै पनि भविष्यमा धेरै अप्रत्याशित घटना हुन सक्ने हुँदा सावधानी अपनाइराख्नचाहिँ जरुरी भएको उनले बताए । कोरोना भाइरस लगातार परिमार्जित भइरहेका कारण अहिले शतप्रतिशत बताउन नसकिने उनको भनाइ छ ।

Global Ime bank

यसमा उनले मास्क लगाउन कहिले छाड्न सकिन्छ भन्नेमा चाहिँ यो कुरा समुदायमा कोरोना भाइरसको उपस्थिति कति छ भन्नेमा निर्भर हुनेछ भनेर व्याख्या गरे । संक्रमणको स्तर सबैभन्दा न्यून विन्दुमा पुगेर कोरोनाका बिरामीसँग सम्पर्कमा आउने जोखिम एकदम थोरै भए मात्र मास्कको आवश्यकता हट्ने उनले बताएका हुन् । 

आइतबारसम्म अमेरिकामा ६ करोड ३० लाख खोपका डोज सञ्चालनमा आइसकेको सीडीसीले जनाएको छ । 
-फक्स न्युज 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC