बाह्रखरी
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जी ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

लन्डन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् ।

हाल विश्वमा देखा परिरहेको कोरोनाभाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् । यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोनाभाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा साथसाथमा मिलेर काम गर्ने जनाएका हुन् ।

Global bank

Agani Group

बैठकमा सहभागी भएका जी ७ का नेताहरुको सो धारणा शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । जी ७ द्वारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘‘जी ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज भर्चुअल विधिबाट बस्यो र यस बैठकमा हामी कोभिड–१९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरुको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ ।’’

सो विज्ञप्तिमा भनिएको छ, ‘‘हामीले आगामी दिनमा यस कोभिड–१९ को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पुर्‍याएको क्षतिको पनि पुनर्निर्माण गर्ने गरी मिलेर काम गर्नेछौँ ।’’

sarbottam cement

सो जी ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रबारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमनत्री बोरिस जोन्सनले गरेका थिए । सो बैठकमा हाल कोभिड–१९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।

हाल विश्वमा कोरोनाभाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो । जी ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस संगठनको बैठक शुक्रबार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए । रासस/सिन्ह्वा

Nepal Investment bank
Nepal Investment bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्