site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘क्लब हाउस’ एपमा कुरा गर्न पुटिनलाई एलन मस्कको निम्तो, यस्तो आयो जवाफ  
Ghorahi CementGhorahi Cement

सीएनएन । सन् २०२० मा लन्च भएको नयाँ सामाजिक सन्जाल एप ‘क्लब हाउस’मार्फत कुराकानी गर्न भनेर यसअघि टेस्लाका मालिक एलन मस्कले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निमन्त्रणा गरेका थिए । जसको क्रेमलिनले सकारात्मक प्रतिक्रिया दिएको छ । मस्कले ‘क्लब हाउस’ आफ्नो सबैभन्दा मनपर्ने सामाजिक सन्जाल भएको समेत ट्विट गर्दै बताएका थिए ।

क्रेमलिनका प्रवक्ता डिमीट्रि पेस्कोभले सोमबार यो विषयमा बोल्दै मस्कको प्रस्ताव अत्यन्तै रोचक भएको बताए । तर, पुटिनले सामाजिक सन्जालका प्लेटफर्म आफैँ चलाउने नगरेको हुँदा पहिले यसबारे जानकारी लिने अनि विचार गरेर छिट्टै जवाफ दिने बताए ।

Agni Group

यसरी अचानक मस्कले पुटिनलाई निम्ता गर्नु र क्रेमलिनले सकारात्मक प्रतिक्रिया जनाउनुलाई अहिले आश्चर्यजनक मानिएको छ । मस्कले पुटिनसँग केसम्बन्धी कुरा गर्न चाहेका हुन् भन्ने विषयमा अधिक चर्चा भइरहेको छ ।

यसअघि, टेस्लामाथि रुसी ह्याकरहरुले साइबर हमलाको प्रयास गरेको खबर आएको थियो । तर, यो विषयमा कुरा गरे दुईबीचको संवादमा नराम्रो प्रभाव पर्न सक्छ । त्यस्तै, अर्को विषय भनेको मस्कको अर्को कम्पनी ‘स्पेसएक्स’को स्याटेलाइट इन्टरनेट सेवासम्बन्धी हुन सक्ने बताइएको छ । जसमा रुसले आफ्नो देशमा सो सेवा प्रयोग गर्न नचाहेको संकेत दिँदै आएको छ । यसमा उनीहरुबीचको कुराकानी व्यावसायिक हुने सम्भावना बढी रहेको विश्लेषकहरु बताउँछन् । तर, उनीहरुले अन्य व्यक्तिगत रुचि जस्तै, क्रिप्टोकरेन्सी या संगीतलगायतका विषयमा पनि कुरा गर्न सक्छन् । जसप्रति मस्कले पछिल्लो समय अधिक चासो देखाइरहेका छन् ।

Global Ime bank

त्यस्तै, क्रेमलिनको सकारात्मक प्रतिक्रिया विनम्रताका लागि मात्र पनि हुनसक्छ । अहिले एलन मस्कले अमेजोनका जेफ बेजोसलाई समेत पछि पार्दै विश्वकै सर्वाधिक धनी व्यक्ति बनेको हुँदा क्रेमलिनले उनको अनुरोध अस्वीकार गर्न कठिन हुने पनि बताइएको छ । दुवैले यसलाई धेरै गम्भीर रूपमा नलिएको हुन सक्ने अनुमान छ ।

एलन मस्क प्रायः अनौठा गतिविधिका लागि चर्चामा आउने गरेका छन् । विशेषगरी सामाजिक सन्जालमा उनका ट्विटले उद्यम बजारमै ठूल्ठूला उतार–चढाव ल्याउने गरेको छ । क्लब हाउसकै कुरा गर्नुपर्दा मस्कले एक अन्तर्वार्तामा यसको नाम लिएदेखि कम्पनीको मूल्य एक अर्ब अमेरिकी डलर पुगेको हो । त्योभन्दा अगाडि क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य पनि मस्कको ट्विटपछि अचानक ठूलो स्तरमा वृद्धि भएको थियो ।

वास्तवमा क्लब हाउस अडियोबाट मात्र च्याट गर्न मिल्ने एक सामाजिक नेटवर्क हो । सफ्टवेयर निर्माता अल्फा गोले यसलाई २०२० डिसेम्बरमा लन्च गरेको थियो । जतिबेला यसको मूल्य १० करोड डलर रहेको थियो । क्लब हाउसलाई अहिलेसम्म ५० लाखपटक डाउनलोड गरिसकिएको छ । सुरुवातमा यसलाई चीन सरकारले सेन्सर नगरेको हुँदा चिनियाँ प्रयोगकर्ताहरुमा यसप्रति अत्यधिक आकर्षण बढेको थियो । उनीहरुले विशेषगरी राजनीतिक र अन्य संवेदनशील विषय जस्तै, हङकङ, ताइवानबारे बहस गरेका थिए । गत महिना मात्र चीनमा यसलाई ब्लक गरियो ।

क्लब हाउसमा भर्चुअल क्लब रुम बनाइएको हुन्छ र प्रत्येक रुमलाई विविध विषयले विभाजित गरी तिनैबारे कुराकानी गर्न सकिन्छ । मस्कबाहेकका यसका अन्य चर्चित सेलिब्रटी प्रयोगकर्ताहरु गायक ड्रेक, केभिन हार्ट र टिफनी हेडिसले रहेका छन् । जसले क्लब हाउसमा भर्चुअल कुराकानी आयोजना गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC