site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘बिटकोइन’ को मूल्य पहिलोपटक ५० हजार डलर पुग्यो 
Sarbottam CementSarbottam Cement

एजेन्सी । बिटकोइनको मूल्य फेरि बढेर झन्डै ५० हजार डलर नजिक पुगेको छ । अधिक चर्चामा आएको यो डिजिटल मुद्रा यस वर्ष मात्र २० हजार डलरले वृद्धि भएको हो । 

आइतबार यसको आधिकारिक मूल्य प्रति बिटकोइन ४९ हजार ७१४.६६ डलर बराबर पुगेको छ । पछिल्लो २४ घण्टामा यसको भाउ चार प्रतिशतले वृद्धि भएको हो । 

प्यान्डेमिकको समयमा लगानी गर्ने बढेपछि नै यसको मूल्य लगातार उकालो लागिरहेको छ । अमेरिकाको ‘फेडेरल रिजर्भ’ ले गत मार्च २०२० मा ब्याज दर शून्यमा कटौति गरेपछि अमेरिकी डलर कमजोर भएपछि बिटकोइन तुलनात्मक रुपमा बढी आकर्षक मुद्रा बन्न पुगेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विटकोइनको सङ्ख्या विश्वमा सीमित मात्र भएकाले पनि लगानीकर्ताहरुले यसको आपूर्ति सकिएपछि डिजिटल कोइनको मूल्य ठूलो स्तरमा बढ्दै मात्र जाने विश्वास गरेका छन् । 

यसरी अचानक बिटकोइनको मूल्य आकाशिएपछि ठुल्ठुला लगानीकर्ता र नाम चलेका ब्रान्डहरुले यसलाई जम्मा गर्न सुरु गरिरहेका छन् भने उपभोग्य कम्पनीहरुले पनि यसलाई अपनाउन सुरु गरिसकेका छन् । 

Global Ime bank

गत हप्ता मात्र टेस्ला कम्पनीले आफ्ना कारहरु खरिद गर्दा बिटकोइन मुद्राको प्रयोग गर्न पाइने सेवा ल्याउन लागेको बताएको थियो । विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी टेस्लाले यसअघि क्यासको सट्टा बिटकोइन संकलन गरिरहेको समेत सार्वजानिक गरेको हो जसले यसको भाउ झन बढाइदिएको छ । त्यसैगरी बुधबार ‘मास्टरकार्ड’ ले पनि यसै वर्षको अन्त्यतिरसम्म आफ्नो नेटवर्कमा सिधै ‘क्रिप्टोकरेन्सी’ को अप्सन छनोट गर्न मिल्ने सेवा उपलब्ध गराउने घोषणा गरेको छ । उता ‘स्क्वायर’ अनि ‘पेपल’ले पनि आफ्ना ग्राहकलाई बिटकोइनको कारोबार गर्न दिने सेवा सुरु गरेका छन् जुन ‘क्रिप्टोकरेन्सी’को अहिलेसम्मकै ठूलो उपलब्धि भएको बताइएको छ । 

गत वर्ष ‘ब्ल्याकरक’ का शिर्ष कार्यकारीले क्रिप्टोकरेन्सीप्रति सबैको ध्यानाकर्षण गराउँदै भविष्यमा यसले सुनलाई प्रतिस्थापन गर्न सक्ने बताएका थिए । त्यस्तै चर्चित गायक जेजी अनि ट्वीटरका कार्यकारी प्रमुख, ज्याक डोर्सीले पनि शुक्रबार मात्र संयुक्त रुपमा ‘बिटकोइन डेभेलपमेन्ट फन्ड’ स्थापना गर्ने घोषणा गरेका हुन् । 

गएको डिसेम्बर बिटकोइन पहिलोपटक २० हजार डलर पुगेको थियो र तीन महिनामै अहिले यसको भाउ दुई गुणाले वृद्धि भइसकेको छ । 

तर यो जोखिम मोल्न चाहनेहरुका लागि मात्र हो !

तर व्यापक मूल्यवृद्धिका वावजुद यसका जोखिमलाई नजरअन्दाज गर्न नसकिने विज्ञहरु बताउँछन् । धेरै मानिसहरुले बजारको अवस्थालाई हेरेर भन्दा पनि यसको बढ्दो लोकप्रियतालाई हेरेर आफू पछि पर्ने डरले यसप्रति चासो देखाइरहेका छन् । जस्तै केही समय अगाडि मात्र टेस्लाका मालिक एलन मस्कले बिटकोइनको प्रतिस्पर्धी, ‘डजकोइन’ बारे व्यंगात्मक ट्वीट गरेपछि अचानक यो महिना डजकोइनको मूल्य ५० प्रतिशतले बढेको थियो तर अघिल्लो हप्ता नै फेरि ठूलो स्तरमा घटेको हो । 

स्काइब्रिज क्यापिटलका संस्थापक, एन्थोनी स्कारामुसीका अनुसार बिटकोइनले यतिबेला धनी लगानीकर्ताहरुलाई आकर्षित गरिरहेको भएपनि सामान्य मानिसहरुले धेरै विचार गर्नुपर्ने हुन्छ । किनकी यसअघि पनि बिटकोइनको मूल्य २० हजार डलरको उचाइबाट झरेर ४ हजार डलर पुगिसकेको छ । जसको अर्थ यो उचाइ स्थाइ नहुन सक्छ । त्यसैले अनिश्चित स्रोत भएकाले पनि यसलाई अझै जोखिमपूर्ण नै मानिएको उनले बताए ।  – सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC