बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार प्रधानमन्त्री, राजनीति र पशुपतिनाथ रघु पन्त 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन ३, २०७७
Laxmi Bank
Laxmi Bank

प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथको दर्शन गर्नु आफ्नो इच्छा होला त्यसमा मलाई केही भन्नु छैन । तर, पशुपतिनाथ वा धर्मलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यमका रुपमा उपयोग गर्न खोज्नु चाहिँ आपत्तिजनक छ । तीसौं वर्ष अघिदेखि मैले जानेबुझेको केपी ओली धर्मभिरु भएको मलाई कहिल्यै लागेन । प्रधानमन्त्री पदको शपथसमेत ईश्वरको नाममा नलिएर सत्य निष्ठाको नाममा लिने प्रचलन वामपन्थी मन्त्री र प्रधानमन्त्रीहरुले नै सुरु गरेका थिए । ओली स्वयम् तिनैमध्ये एक हुनुहुन्थ्यो । मन्त्री पदको शपथ लिँदा मैले पनि ‘सत्य निष्ठा’कै नाममा लिएको थिएँ । 

धार्मिक आस्था गहिरो भएकै परिवारमा जन्मेको मैले धर्म र जीवनको वास्तविकताबीचको अन्तरविरोध एवम् द्वन्द्वलाई निकै नजिकबाट देखेको र प्रत्यक्ष भोगेको छु । विचारले आफू भौतिकवादी र नास्तिक भए पनि नेपालीहरुको जीवनमा धर्म र त्यसले पार्ने प्रभावहरुको बारेमा प्रत्यक्ष अनुभव एवं अनुभूतिका आधारमा नै राजनीति र धर्मलाई जोड्नु हुँदैन भन्ने मान्यतामा म पुगेको हुँ । 

हुनत अहिले पनि संसारभरकै राजनीतिमा धर्म कुनै न कुनैरुपमा टड्कारो देखिने गरी वा नदेखिने गरी सामेल भइरहेकै छ । तर, नेपालमा प्रधानमन्त्री तहबाटै आफ्नो राजनीतिक उद्देश्यपूर्तिको लागि धार्मिक ‘आडम्बर’ देखाउनु भने हाम्रो लोकतन्त्रको स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । 

sarbottam cement

केपी ओलीले जस्तै गरी कुनै बेलाका प्रधानमन्त्री दिवंगत कृष्णप्रसाद भट्टराईले पशुपतिमा घन्टौं पूजा गरेको भए म त्यसलाई अत्यन्त स्वाभाविक मान्थेँ । कृष्णप्रसाद भट्टराईमा धार्मिक आस्था र भावना अत्यन्त प्रबल थियो । गीता पाठ उहाँको बिहानको नित्य साधनाको एउटा अङ्ग थियो । आफ्नो धार्मिक आस्था र आचरणलाई किसुनजीले कहिल्यै लुकाउनु भएन । त्यसलाई आडम्बर र प्रदर्शनको विषयवस्तु पनि बनाउनु भएन । सार्वजनिक चासो र चर्चामा ल्याउन चाहनु भएन । उहाँले त्यसलाई आफ्नो जीवनशैली, व्यवहार र आचरणको एउटा अङ्गका रुपमा मात्रै सीमित गर्नुभयो र त्यसलाई राजनीतिक लाभका लागि उपयोग गर्न चाहनु भएन । 

यसको ठीक उल्टो छ केपी ओलीको जीवनशैली । उहाँ बिहान अक्सर ढिलो उठ्नुहुन्छ । कुनै पूजा वा धार्मिक कार्य उहाँको जीवनको अङ्ग बनेको मैले थाहा पाएको छैन । कुनै धर्म विशेषमा उहाँको रुचि वा संलग्नता पनि थिएन । धर्म र राजनीतिलाई एक आपसमा मिसाउने राजनीतिकै विरुद्धमा उहाँ हुनुहुन्थ्यो । तर, दोस्रोपल्ट प्रधानमन्त्री भएदेखि यताका उहाँका गतिविधि धार्मिक आडम्बरलाई प्रदर्शन गर्ने र त्यसबाट राजनीतिक फाइदा लिने प्रकारको देखिन थालेकोले त्यसबारेमा जनस्तरमा समेत छलफल, टीकाटिप्पणी र आलोचना हुनु स्वाभाविक छ । 

Global bank

Agani Group

नेपाल हिन्दु धर्मावलम्बी जनता असी प्रतिशतभन्दा बढी भएको देश हो । हिन्दु बाहुल्य भएको देशमा हिन्दु धार्मिक मन्दिर, मठ, तीर्थस्थल र धामहरु हुनु स्वाभाविकै हो । हिन्दु धार्मिक गतिविधि बढी देखिनु पनि जनसंख्याको अनुपातका कारण स्वाभाविकै ठहर्ला । तर, संविधानले धर्मनिरपेक्षता स्वीकार गरेको अवस्थामा धर्म नमान्ने र आफूलाई भौतिकवादी भन्ने प्रधानमन्त्रीले अस्वाभाविकरुपमा आफूलाई धार्मिक गतिविधिमा सामेल गरेर ‘राजनीतिक सन्देश’ दिन खोज्नु जनताको धार्मिक आस्था भड्काएर भावनात्मक शोषण गर्न खोज्नु हो । 

प्रधानमन्त्रीका रुपमा केपी ओलीले पशुपतिनाथ मन्दिरको भ्रमण गर्नुलाई म आपत्तिजनक ठान्दिन । नेपालका प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरमात्र होइन, लुम्विनी, स्वयम्भूलगायत विभिन्न मन्दिर, बिहार, गुम्बा र मस्जिदहरुको पनि भ्रमण गर्न सक्छन् र गर्नु पनि पर्छ । तिनीहरुको संरक्षण र विकासको लागि राज्यबाट आवश्यक सहयोग र भरथेग पनि गर्नुपर्छ । प्रधानमन्त्रीका रुपमा यो उनको कर्तव्य हो । 

परन्तु, जनतालाई देखाउनमात्र धार्मिक भावना प्रदर्शन गर्न र त्यसबाट राजनीतिक लाभ लिनका लागि मात्र धार्मिक स्थलको प्रयोग गर्न खोज्नु भने अत्यन्त आपत्तिजनक मानिनुपर्छ । झन् त्यसमाथि प्रधानमन्त्रीको क्रियाकलाप विवादास्पद बन्नु आफैँमा दुःखद घटनासमेत हो । 

झन्डै एक अर्ब रुपियाँ खर्च लाग्ने गरी पशुपति मन्दिरमा सुनको जलहरी राख्ने कुरालाई स्वीकृति दिँदै सरकारका तर्फबाट तत्काल तीस करोड रुपियाँ दिने उहाँको निर्णयको आलोचना भयो । सरकार र पशुपति विकास कोषले राम्ररी पशुपतिका पुरातात्विक मठ, मन्दिर र सम्पदाहरुको संरक्षण गर्न नसकेकै कारण २०७२ सालको भूकम्पमा परेर पशुपति क्षेत्रका धेरै पुरातात्विक महत्त्वका संरचनाहरु भत्केका छन् र तीमध्ये धेरै संरचना र सम्पदाको पुनर्निर्माण हुनसकेको छैन पैसा नभएर । विगत तीनचार वर्षमा म पाँचसात पटक पशुपति क्षेत्र पुगेको छु । त्यहाँको भताभुङ्ग स्थिति देखेर दिक्क मानेको छु । ती भत्केका संरचनाहरु कहिले बनिसक्लान् र पशुपति क्षेत्र हेर्न लायक होला भनेर पिरिइरहेको छु । 

प्रधानमन्त्रीले पशुपति क्षेत्र घुमेर छिटोभन्दा छिटो भत्के बिग्रेका सबै सम्पदाको पुनर्निर्माण गर भनेर दुई तीन अर्ब रुपियाँ निकासा गरिदिएको भए त्यसको म प्रशंसा गर्थें । ममात्र हैन सबैले त्यसको प्रशंसा गर्थे । किनभने भत्केबिग्रेका सम्पदा जति छिटो बनायो त्यति तिनको दीर्घकालीन संरक्षण हुन्छ । पशुपति क्षेत्र पुग्नेहरुले पनि सरकारले गरेछ भन्थे । 

पशुपतिको मन्दिरमा पूजा गर्नेदेखि त्यहाँका गतिविधिका आफ्नै परम्परा र रीतिस्थिति छन् । त्यतिमात्र होइन संस्कृति र सम्पदाको पनि दुईवटा पक्ष हुन्छन् । एउटा मूर्त र अर्को अमूर्त । मूर्त पक्ष भनेको भौतिकरुपमा देखिने मन्दिर, मूर्ति, त्यहाँका काष्ठकला, पत्थरकला र विविध संरचना हुन् । नदेखिने र अमूर्त पक्ष भनेका विधि, विधान, परम्परा, शैली, चालचलन र जात्रा आदिहरु हुन् । 

पशुपतिनाथ क्षेत्रमा प्रशस्त मूर्त र अमूर्त सम्पदा छन् । ती सम्पदा पशुपतिनाथको पूजा विधि, त्यहाँ प्रचलित जात्रा, चलन आदिसँग अभिन्नरुपले जोडिएका छन् । त्यसैले पशुपति क्षेत्रमा जुनसुकै काम गर्दा पनि त्यहाँ रहेका मूर्त र अमूर्त सम्पदामा क्षति पु¥याउने गरी गरिनु हुन्न । त्यहाँ कुनै पनि काम गर्दा सदियौंदेखि पशुपतिनाथको पूजा गर्ने प्रक्रियासँग अभिन्नरुपले जोडिएका भण्डारी, भट्ट र अन्य समुदायको समेत सहमति लिएर गरिनुपर्छ । 

प्रधानमन्त्री केपी ओलीले भने नेपालका बहुसंख्यक हिन्दु जनताको भावनालाई आफ्नो पक्षमा पार्ने कुटिल राजनीतिक दाउपेचका लागि पशुपतिनाथमा सुनको जलहरी बनाउने आदेश दिँदा विवादको सिर्जना भएको छ । त्यहाँका भण्डारीहरु नै त्यसको विरोधमा खडा भएका छन् ।

‘यहाँ सबै विधि नपु¥याई काम गरिएको छ । विश्व सम्पदा सूचीमा परेको मन्दिरमा हचुवामा काम गर्नु हुँदैन भनेर मन्त्रीलाई भनेको छु । हामी काम रोक्न ज्ञापन पत्र बुझाउँछौं ।’ सुनको जलहरी राख्ने कामको निरीक्षण गर्न गएका मन्त्रीसँग भण्डारीहरुले आपत्ति प्रकट गरेका छन् । 

पशुपतिनाथमा सुनको जलहरी राख्ने योजना पशुपति विकास कोषले २०७० सालमा नै बनाउँदा सरकोकारवालाले विरोध जनाएपछि त्यो अघि बढ्न सकेको थिएन । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र विकास विश्व सांस्कृतिक एवम् प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी बडापत्र र प्रचलित नेपाली ऐन कानुनअनुरुप हुनुपर्छ । बडापत्र र पुरातत्वसँग सम्बन्धित ऐन कानुनअनुसार विश्व सम्पदामा सूचीकृत हुँदा जलहरीजस्तो रुप र अवस्थामा थियो वा हुनुपर्ने हुन्छ, त्यस्तै रुप र संरचनामा निर्माण गर्नुपर्छ । अहिले त्यहाँ जलहरी चाँदीको छ । चाँदीको ठाउँमा चाँदीकै वा पुरानो जलहरीलाई मर्मत गरेर त्यसैलाई राख्नु पर्नेमा सुनको जलहरी राख भनेर विश्व सम्पदामा अनावश्यक हस्तक्षेप गरेर प्रधानमन्त्रीले किन विवाद निम्त्याउन खोजेको होला ? 

प्रधानमन्त्रीको कुटिल र विवाद उत्पन्न गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने दाउ यहीँनिर देखिन्छ । प्रधानमन्त्रीलाई पशुपतिनाथमा आस्था भएको भए, त्यहाँको रीतिस्थिति, चालचलन र संस्कृतिको संरक्षण गर्ने मन भएको भए त्यहाँ तत्काल गर्नुपर्ने काम के हो ? बाहिरबाट हेर्दा नै भताभुङ्ग देखिने पशुपति क्षेत्रलाई छिटोभन्दा छिटो कसरी पुनर्निर्माण गर्न सकिन्छ ? भन्नेजस्ता प्रश्न गरेर त्यसको समाधानको लागि चाहिने आर्थिक सहयोग गर्नुपथ्र्याे ।

प।न्तु, चाँदीको ठाउँमा सुनको जलहरी राख्ने प्रधानमन्त्रीको आदेश जानीजानी विवाद उत्पन्न गराएर ‘लौ हेर ! मैंले पशुपतिनाथमा सुनको जलहरी राख्न लगाएँ’ भनी बहुसंख्यक हिन्दु जनसंख्याको भावनालाइ आफ्नो पक्षमा पार्न खोज्ने राजनीतिक षड्यन्त्र हो । त्यसैले यस्तो षड्यन्त्रको विरोध गर्नुपर्छ । पशुपतिनाथ क्षेत्रमा आफनो राजनीतिक दाउपेच लागू गर्न त्यहाँ ऐन कानुनविपरीत प्रधानमन्त्री ओलीले गरेको हस्तक्षेपको मैले यही कारणले विरोध गरेको हुँ । 

राजनीति गर्नेहरुले जनतालाई झुक्याउन खोज्नु हुँदैन । भ्रममा पारेर उनीहरुको धार्मिक आस्था र भावनालाई आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थमा प्रयोग गर्न खोज्नु हुँदैन । नेपालका राजाहरुले त्यही गरे । आफ्नो मोजमस्ती टिकाउन धार्मिक भावनालाई उपयोग गरिरहे । जनताको अधिकार खोस्ने, लोकतन्त्र र संविधान मार्ने घोषणा गर्दा पनि राजा ज्ञानेन्द्रले ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्न छाडेनन् । काम जनताको अधिकार खोस्ने अनि पशुपतिनाथलाई गुहार्ने र आफ्नो कुकर्म ढाकछोप गर्ने राजाहरुको अलोकतान्त्रिक कदम जसरी असफल भयो त्यसरी नै प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गरेर चुनावमा दुई तिहाइ बहुमत ल्याउने भन्ने असंवैधानिक योजना पनि सफल हुँदैन ।

जसरी राजाहरुले पशुपतिनाथ गुहार्दैमा उनीहरुको राज्य टिकेन त्यसरी नै पशुपतिनाथमा सुनको जलहरी चढाएर दुई तिहाइ बहुमत ल्याउने सपना प्रधानमन्त्री केपी ओलीले देख्नुको पनि कुनै अर्थ छैन । नेपाली जनता खास गरेर हिन्दु धर्मावलम्बी जनतामा पशुपतिनाथप्रति आस्था र भक्ति छ । त्यो आस्था र भक्तिलाई राजनीतिक स्वार्थ पूरा गर्न दुरुपयोग प्रधानमन्त्रीको तहबाट सुरु हुन थाल्नु संविधान विरोधी कार्य हो । 

मैले संविधानको यही मर्म र भावनालाई ध्यानमा राखेर पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदैमा प्रधानमन्त्री केपी ओलीको राजनीतिक उद्देश्य र दाउपेच सफल हुँदैन भनेर सभामा गरेको आलोचनालाई बङ्ग्याउने र गलत अर्थ लगाउने अभियान एकथरीले चलाउन थालेका छन् । 

हामीलाई धर्म मान्ने जति अधिकार छ नमान्ने पनि त्यति नै अधिकार छ । विश्वास गर्ने जति अधिकार छ प्रश्न उठाउने पनि त्यति नै अधिकार छ । राजनीतिक नेता र सरकारका प्रधानमन्त्री, मन्त्रीहरुले आफ्नो राजनीतिक स्वार्थको लागि धार्मिक स्थल र धर्मलाई प्रयोग गर्नु हुँदैन । पशुपतिनाथ क्षेत्र हाम्रो अत्यन्त महत्त्वपूर्ण धार्मिक स्थल हो । त्यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व ठूलो छ ।

त्यसैले तिनको जीर्णोद्धार, मर्मतसम्भार र संरक्षण राज्यको महत्त्वपूर्ण दायित्व हो । विभिन्न देशबाट आउने भक्तजनहरुले सुनको जलहरी पहिले हेर्दैनन् । तिनले पहिले त पशुपति वरपरका मठ मन्दिर र भौतिक संरचना देख्छन् । तिनको बेहाल देख्दा दर्शनार्थीको मनमा कस्तो प्रभाव पर्ला ? तसर्थ, सुनको जलहरीभन्दा पशुपति क्षेत्रको सम्पूर्ण भत्केबिग्रेका मन्दिर, मठ र भौतिक संरचनाहरुको जिर्णोद्धार र निर्माणमा राज्य वा प्रधानमन्त्रीको ध्यान जानुपर्छ । त्यो हेर्ने फुर्सद प्रधानमन्त्रीलाई नहुने, तिनीहरुको पुनर्निर्माणमा बेवास्ता गर्ने, आवश्यक बजेट नदिने तर चाँदीको जलहरी राखेको ठाँउमा ऐन नियम मिचेर सुनको जलहरी राख्ने आदेश दिनु प्रधानमन्त्री ओलीको राजनीतिक नौटङ्कीमात्र हो ।

आफ्नो पार्टी आफैँले फुटाएर कमजोर भएको बेलामा सुनको जलहरी बनाउन लगाएँ भनेर हिन्दु धर्मावलम्बी जनताको मत तान्न सकिन्छ भन्ने दाउ पशुपतिनाथप्रतिको आस्था होइन राजनीतिक स्वार्थ पूरा गर्न धर्मलाई प्रयोग गर्ने दाउमात्र हो । यही प्रयोग राजाहरुले गरे तर उनीहरु पनि सफल भएनन् । यही प्रयोग गर्ने प्रयत्न अहिले प्रधानमन्त्रीबाट भइरहेको छ त्यसको विरोध मैले सभामा बोल्दा गरेको हुँ । यसो गर्दा कसरी पशुपतिनाथको विरोध भयो ?

पशुपतिनाथ र त्यस क्षेत्रको संरक्षण र संबद्र्धन गरौँ तर धर्मलाई राजनीतिमा घोलेर राजनीतिक फाइदा उठाउने काम कसैले नगरौँ । सम्बन्धित सबैलाई चेतना भया ।


 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
सोमबार, फागुन ३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्