site stats
बाह्रखरी :: Baahrakhari
विदेश
११७औँ जन्मदिनअघि कोभिडमुक्त भइन् युरोपकी सबैभन्दा ज्येष्ठ महिला

बीबीसी । युरोपकी सबैभन्दा जेष्ठ महिला आफ्नो ११७औँ जन्मदिनको केही दिनअगाडि मात्र कोभिड–१९ बाट मुक्त हुन सफल भएकी छन् । उनी गएको जनवरी १६ मा कोरोना पोजेटिभ भएकी थिइन् । तर, उनमा कुनै लक्षण देखापरेको थिएन ।

फ्रान्समा चर्चकी ‘नन’ रहेकी सिस्टर एन्द्रे दृष्टिविहीन हुन् र ह्विलचियरको प्रयोग गर्छिन् । स्थानीय मिडियासँग कुरा गर्दै उनले भनिन्, “मलाई त कोरोना छ भन्ने आभास नै भएन ।” उनी छुट्टै आइसोलेसनमा बस्दै आएकी थिइन् र अहिले पूर्ण रुपमा ठिक भएकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी बिहीबार आफ्नो ११७औँ जन्मदिन मनाउन उत्साहित भएकी छन् । उनी बस्दै आएको रिटायरमेन्ट होमका प्रवक्ताले बताएअनुसार उनी यो रोगसँग पटक्कै डराइनन् । बरु, बाँकी नागरिकको स्वास्थ्यबारे धेरै चिन्ता जनाउने गर्दथिन् ।

सिस्टर एन्द्रेको जन्म ११ फेब्रुअरी १९०४ मा भएको थियो । उनलाई युरोपकी सबैभन्दा ज्येष्ठ महिलाका रूपमा पनि चिनिन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्