site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मालदिभ्समा ६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड-१९ खोप दिइयो
Sarbottam CementSarbottam Cement

माले । माल्दिभ्सले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको पहिलो ६ दिनमा ६ हजार व्यक्तिलाई खोप लगाएको यहाँको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

तथ्यांकअनुसार माल्दिभ्समा शनिबार  दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड–१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या ६ हजार ८५४ पुगेको छ । खोप लगाएकाहरूमध्ये पाँच हजार ५८८ व्यक्ति राजधानीका रहेका र एक हजार २६६ राजधानी बाहिरका क्षेत्रका रहेको एचपीएको तथ्यांकमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच माल्दिभ्समा शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०९ रहेको र शनिबारसम्म कुल दुई हजार ३९ व्यक्तिमा सक्रिय सङ्क्रमण छ भने २०७ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

माल्दिभ्समा अहिलेसम्म १६ हजार ६५६ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार ५५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५४ सङ्क्रमितको मृत्यु भएको छ । 

Global Ime bank

माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी ६ महिनामा सबैलाई खोप लगाइसक्ने बताएको छ । 
-रासस/सिन्ह्‍वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC