site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको एउटा झुटका कारण ५२ अर्ब नोक्सानी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकाका पूर्वाराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको झुटो हल्ला फैलाएका कारण अमेरिकाका सरकारलाई करिब ५२ करोड डलर (नेपाली रुपियाँ ५२ अर्ब )नोक्सान भएको छ ।  द वासिङटन पोस्टको अनलाइन संस्करणमा आइतवार प्रकाशित समाचारअनुसार  ट्रम्पले चुनावमा धाँधली भएको झुटो हल्ला फैलाएका कारण सुरक्षा व्यवस्था सुदृढ बनाउन, कानुनी कारबाही तथा क्षतिग्रस्त भौतिक संरचनाको मर्मत गर्न उक्त रकम लागेको हो । 

राष्ट्रपति स्वयंले चुनावमा धाँधली भयो भनेपछि संसद भवनमा ट्रम्प समर्थक उपद्य्राहाहरूले आक्रमण गरी तोड़फोड़ गरेका थिए । ट्रम्पको उत्तेजक भाषणबाट हौसिएका उपद्य्राहाहरूलाई नियन्त्रण गर्ने वासिङटनमा बाहिरबाट सुरक्षाकर्मी ल्याउन परेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०८:३०
प्रतिक्रिया दिनुहोस्