site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आइतबारदेखि हङकङवासीलाई बेलायतको ‘स्पेसल भिसा’
Sarbottam CementSarbottam Cement

बीबीसी । आइतबारदेखि सुरु हुने विशेष नयाँ भिसामार्फत हङकङका तीन लाख बासिन्दाहरु बेलायत जाने अपेक्षा गरिएको छ । हङकङका ब्रिटिस नेसनल (बीएनओ) पासपोर्ट हुनेहरु र तिनका परिवारसमेतले स्मार्टफोनको एउटा एपमार्फत बेलायतको भिसाका लागि आवेदन दिन पाउनेछन् । यसले उनीहरुलाई स्थायी रूपमा बेलायती नागरिकता पाउने बाटो खुलाएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको पूर्वऔपनिवेशसँगको इतिहास र मित्रताप्रति कृतज्ञता जनाएका हुन् । सन् २०२० जुलाइमा चीनले हङकङमाथि नयाँ किसिमको सुरक्षा कानुन लागु गर्ने बताएपछि नै यस विशेष भिसाबारे घोषणा गरिएको थियो । बेइजिङले भने आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेर बेलायतलाई चेतावनी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस भिसाका लागि आवदेन दिनेहरुको पाँच वर्षसम्मका लागि बेलायतमा बस्न पाउने अनुमति सुनिश्चित हुन्छ । त्यसपछिको १२ महिनामा बेलायतको आधिकारिक नागरिकता पाउन सक्नेछन् । हङकङमा २९ लाख मानिसहरु नयाँ भिसाका लागि योग्य छन् । तर, अहिलेका लागि सरकारले तीन लाखले यो अफर लिने अपेक्षा गरेको छ ।

प्रधानमन्त्री जोन्सनले भनेका छन्, “मलाई अहिले अत्यन्तै गर्व महसुस भइरहेको छ कि हामीले ब्रिटिस पासपोर्ट होल्डर हङकङवासीहरुलाई बस्न, काम गर्न अनि हाम्रो देशलाई आफ्नो घर बनाउन ल्याउँदैछौँ ।” पाँच वर्षसम्म बस्नका लागि भिसाको शुल्क प्रतिव्यक्ति केबल २५० पाउन्ड रहेको छ ।

Global Ime bank

फाइल तस्बिरः गेट्टी इमेजेज् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC