site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा डबल मास्कको फेशन : दुईवटा मास्क लगाउँदा बढी सुरक्षा हुन्छ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । मास्क लगाएर हिँड्नुपर्छ भन्ने कुरा यतिबेला संसारभरका मानिसले बुझिसकेका छन् । तर, के एउटा मास्कभन्दा दुईवटा लगाउँदा बढी प्रभावकारी हुन्छ ?

अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रममा उपस्थित सम्पूर्णमा ‘डबल तै मास्क’, नयाँ फेशन जस्तै समान देखियो । सो कार्यक्रममा यसपटक अलग्गै किसिमको ट्रेन्ड थियो । जसमा मिसेल ओबामादेखि सबै ठूला सेलिब्रिटी र हाइ प्रोफाइल व्यक्तिहरुले दुई किसिमका मास्क लगाएका थिए । भित्रबाट मेडिकल मास्क, बाहिरबाट कपडासँग मिल्ने ‘स्टाइलिस’ प्रकारको मास्क । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा अमेरिकाका प्रख्यात, संक्रमक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीले नै बाहिरी स्वरुपमा राम्रो देखिने कपडाको मास्क भित्र मेडिकल ग्रेडको मास्क लगाउने चलनको समर्थन गरेका हुन् । एनबीसी न्युजसँगको कुराकानीमा उनले यसबाट भाइरस फैलने जोखिम कम हुने बताएका हुन् । उनले भनेका छन्, “यो स्वभाविक कुरा हो, दुईवटा सतहले नाकमुख छोप्दा त्यो बढी प्रभावकारी हुनेछ ।”

‘लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन’ मा संक्रमक रोगका प्रोफेसर डेभिड हेमनले द गार्जियनसँग कुरा गर्दै भनेका हुन्, “दुईवटा मास्क लगाउनु सावधानीपूर्ण उपाय हो । तर, यसमा सबैले के याद राख्नुपर्छ भने मास्क लगाउनुले सो व्यक्तिलाई भाइरसबाट जोगाउनेभन्दा पनि संक्रमण फैलनबाट रोक्छ । यसले व्यक्तिलाई सबै नियन्त्रणमा भएको आभास गराई चिन्तामुक्त बनाउन सक्छ । तर, दुईवटा मास्क लगाउँदैमा ढुक्क हुने अवस्था भने छैन किनकी यसमा हाम्रो आँखा एक्सपोज भइरहेकै हुन्छ ।” उनले चस्मा लगाउनेमा संक्रमणको कम जोखिम रहेको सम्बन्धी फेला परेका प्रमाणबारे पनि उल्लेख गरेका छन् । 

Global Ime bank

हेमनका अनुसार कपडाको मास्क भाइरसबाट जोगाउने प्रभावकारी साधन भएको पुष्टि गर्ने कुनै ठूलो प्रमाण छैन । त्यसैले यसभित्र मेडिकल मास्क लगाउनुले कुनै हानी गर्दैन र फेशनको ख्याल राख्नेहरुका लागि सुरक्षित रहने राम्रो उपाय हुन सक्ने बताइएको छ । तर, सबैलाई डबल मास्क लगाउन अनिवार्य गर्नु व्यवहारिक नभएको उनले बताए । उनी भन्छन्, “आफूलाई जोगाउने सबैभन्दा उत्तम तरिका भनेको सामाजिक दूरी र नियमित हात धोइरहनु नै हो । तर, कसैले दुईवटा मास्क लगाउन चाहन्छ भने त्यसलाई कसैले गलत भन्ने छैन । यो वास्तवमा वैज्ञानिकभन्दा पनि व्यक्तिको मनस्थित या मनोविज्ञानसँग सम्बन्धित कुरा हो ।”

मास्क लगाउने विषय गत वर्ष अमेरिकामा सांस्कृतिक युद्ध समान भएको थियो । तर, अहिले त्यहीँ डबल मास्क लगाउने चलनले राजनीतिक रुप लिएको छ । यसमा डबल मास्कको अर्को फाइदा भनेको दुईवटा लगाउँदा मुखमा टाइट हुने हुँदा लामो समयसम्म सहजै नाक मुख ढाकिनेछ अनि चस्मा लगाउनेहरुलाई पनि चस्मामा बाफको समस्या हुने छैन । त्यस्तै मास्क फुस्किने, चिप्लिने अनि सर्ने समस्या पनि हुनेछैन । जस्तै शपथ ग्रहण कार्यक्रमको एक तस्बिरमा पूर्वराष्ट्रपति बिल क्लिन्टनले लगाएको मास्क उनको नाकको तल पुगेको देखिएको थियो । द गार्जियन 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC