site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सस्तो बन्दै ब्याजदर, सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले गर्दा सम्पूर्ण बैंकको ब्याजदर सस्तिएको छ । कोभिड नियन्त्रणको लागि २०७६ चैत ११ गतेबाट नेपाल सरकारले गरेको चारमहिना लामो लकडाउनले गर्दा बैंकहरुले कर्जा लगानी गर्न सकेनन् ।

तर लगातार रुपमा निक्षेप बढ्दै जाँदा बैंकहरुले चैतदेखि नै निक्षेपको ब्याजदर घटाए । त्यसले बैंकहरुको आधार ब्याजदर (वेस रेट) पनि क्रमशः घट्दै गयो । 

बैंकहरुको ब्याजदर घट्दा निक्षेकर्ता मारमा परेका छन् । तर, अर्कोतर्फ कोभिडबाट प्रभावित उद्योगी व्यवसायीलाई घट्दो ब्याजदरले राहत पनि महसुस गराएको छ । 

Agni Group

२०७७ पुस मसान्तमा १० वटा बैंकको आधार ब्याजदर दोहोरो अंकमा रहेको थियो । तर, एक वर्षपछि अर्थात् २०७७ पुस मसान्तमा आउँदा तीनवटा बाहेक सबै बैंकको आधार ब्याजदर ८ प्रतिशतभन्दा तल झरेको छ  । यस्तै नेपाल बंगलादेश बैंकको आधार ब्याजदर ८ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत र सिभिल बैंकको सबैभन्दा धेरै ८.४५ प्रतिशत आधार ब्याजदर रहेको छ । 

बैंंकहरुको पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणअनुसार सबैभन्दा सस्तो ब्याजदर (कम आधार ब्याजदर) राष्ट्रिय वाणिज्य बैंकको रहेको छ ।  बैंकको आधार ब्याजदर ५.६१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आधार ब्याजदर ६.६० प्रतिशत रहको थियो । सबैभन्दा धेरै ब्याजदर रहेको सिभिल बैंकले पनि आधार ब्याजदर २.५३ प्रतिशतले घटाएको छ । 

Global Ime bank

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १०.९८ प्रतिशत रहेको सिभिल बैंकको आधार ब्याजदर २०७७ पुस मसान्तमा पनि सबैभन्दा धेरै ८.४५ प्रतिशत रहेको छ । 

२०७७ असार मसान्तमा कुमारी बैंकबाहेक सबै बैंकको आधार ब्याजदर एकल अंकमा झरेको थियो । तर, अधिकांश बैैंकको आधार ब्याजदर ८ देखि १० प्रतिशतमा हुँदा राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशतभन्दा तल र नेपाल बैंकको ७ प्रतिशतभन्दा तल रहेको थियो । 

यस्तै नबिल, नेपाल इन्भेष्टमेन्ट, स्ट्यान्डर्ड चाटर्ड र एनआईसी एशिया बैंकको आधार ब्याजदर २०७७ असार मसान्तमा ७ देखि ८ प्रतिशतको बीचमा रहेको थियो । 

असारको तुलनामा असोज मसान्तमा थप ब्याजदर घटेको बैंककहरुको असोजभन्दा पुुसमा झनै घटेको छ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो कोषको लागतमा सञ्चालन खर्च तथा अन्य सञ्चालन जोखिमसहित निश्चित प्रतिफल आउने गरी आधार ब्याजदर प्रकाशित गर्नुपर्ने  हुन्छ ।  बैंकहरुले प्रकाशित आधार ब्याजदरभन्दा तल गएर कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको छ भने प्रकाशित आधार ब्याजदरमा अधिकतम ६ प्रतिशत प्रिमियम लिन पाउने व्यवस्था गरिदिएको छ । 

तर, राष्ट्र बैंकले अर्कोतर्फ बैंकहरुलाई कर्जा र निक्षेपको भारित औसत ब्याजदर तोकेर अर्को सीमामा बाँधिदिएको छ । पछिल्लो व्यवस्था अनुसार बैंकहरुले निक्षेप संकलन गर्दा दिएको भारित औसत ब्याजदर र कर्जा प्रवाहमा लिएको भारित औसत ब्याजदर बीचको अन्तर ४.४ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । 

पुस मसान्तमा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार ब्याजदर ६ प्रतिशतभन्दा कम रहेको छ भने ८ वटा बैंकको  आधार ब्याजदर ६ देखि ७ प्रतिशतको बीचमा रहेको छ । यस्तै ३ वटा बैंकको आधार ब्याजदर ८ प्रतिशतमाथि रहँदा १४ बैंकको आधार ब्याजदर ७ देखि ८ प्रतिशतको बीचमा रहेको छ । 

तथ्यांक हेर्दा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ भने महंगो ब्याजदर सिभिल बैंकको रहेको छ ।  नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल निक्षेपको ब्याजदर घट्नु नै बेस रेट घट्नुको प्रमुख कारण रहको बताउँछन् । 

२०७६ चैत अगाडिसम्म मुद्धति निक्षेपमा साढे ८ र बचतमा साढे ६ प्रतिशतसम्म ब्याजदर दिँदै आएका बैंकहरुले अहिले केही बैंक बाहेक अधिकाम्सले मुद्धति निक्षेपमा अधिकतम साढे ६ प्रतिशत र बचतमा अधिकतमा साढे ३ प्रतिशत मात्रै ब्याज दिएका छन् । धेरै बैंकहरुको साधारण बचत खाताको ब्याजदर १.५ प्रतिशत रहेको छ । 
बचतको ब्ययाजदर न्यून बिन्दुमा आएपछि चालु मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले बचतको ब्याजदर बढाउने उद्देश्यले बचतको न्यूनतम ब्याजदर र मुद्धतिको अधिकतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने भन्दै स्प्रेड तोकेको थियो । 

तर, राष्ट्र बैंकको उक्त नीतिको प्रभाव व्यावहारिक रुपमा भने उल्टो पर्यो । बैंकहरुले बचतको ब्याज बढ्ने अपेक्षासहित ल्याएको नीतिको कारण उल्टै मुद्धति निक्षेपको ब्याजदर घट्न पुग्यो ।  ब्याजदर घटाउन नेतृत्व एनआईसी एशिया बैंकले गर्यो बैंकले मुद्धति निक्षेपमा साढे ७ देखि ८ प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा त्यसलाई घटाएर साढे ६ प्रतिशतमा झार्यो भने बचतको ब्याजदर १.५ प्रतिशतमा यथावत राख्यो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC