site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो मापदण्ड स्थापना गर्ने मुद्दा हो, आदेशको पालना गर्नैपर्छ : पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा मापदण्ड स्थापना गर्ने मुद्दा भएको बताएका छन् । 

अदालतको अवहेलनाको मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढुंगानालाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । ढुंगानाले प्रक्रियाबमोजिम नै आदेश भएको भन्दै आदेशको पालना गर्दै लिखित जवाफ दिने बताए । “आदेशको पालना गर्नैपर्छ । जवाफ दिन्छु । प्रक्रियाबमोजिम नै भएको छ,” उनले भने, “यो मापदण्ड स्थापना गर्ने मुद्दा हो । प्रजातन्त्रमा, खुला समाजमा विचारको स्वतन्त्रता कति हो ? र, कहिले अदालतको अवहेलना हुन्छ ? भन्ने कुराको एउटा मापदण्ड स्थापना गर्ने मुद्दा हो ।”

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै आएका ढुंगानाले बोलेको विषयले अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो । सोही रिटमा आदेश गर्दै बिहीबार शर्माको इजलासले भनेको छ, “मागबमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो ? म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सात दिनभित्र सबै व्यवहोरा खुलाई आफैं लिखित जवाफ पेस गर्नूहोला भनी विपक्षीका नाउँमा आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि पेस गर्नू ।” 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro