site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

देश संकटमा छ । मूलतः राजनीतिक कारणले । नत्र, आर्थिक, सामाजिक तथा भौगोलिक आधारमा नेपाल अभागी मुलुक होइन । यस्तै नेपाली जनता पनि अल्छी, काँतर वा बेइमान छैनन् । दुर्भाग्य, देशमा राज भने प्रायः जनद्वेषी र बेइमानहरूको हुँदैआएको छ । शासकहरूलाई जनउत्तरदायी बनाउन लोकतान्त्रिक शासन व्यवस्थाको खाँचो हुन्छ । यसैले देशभक्त सपुतहरूले अधिनायकवादी शासनको अन्त्य गरेर लोकतन्त्र स्थापना गर्न ज्यानको बाजी लगाएर संघर्ष गरेका हुन् । राणाहरूको जहानियाँ हुकुमी शासनविरुद्ध पहिलो संगठित विद्रोहको बीजारोपण विसं १९९७ सालमा भएको थियो । त्यही विद्रोहका ४ जना नायकलाई निरंकुश शासकले मृत्युदण्ड दियो । तर, सहिदहरूको बलिदान खेर गएन । एक दशकभित्रै अर्थात् २००७ मा नेपाली कांग्रेसको नेतृत्वमा भएको जनक्रान्तिबाट राणाहरूको हुकुमी शासन हट्यो ।

जनक्रान्तिको सफलतापछि गद्दी छाडेर भारत गएका राजा पनि फर्के । तर, नेपाली जनताको दुर्भाग्य राणाहरूले जस्तै हुकुमी शासनको रहर राजामा पनि पलायो । जनताको अधिकार खोसेर आफूमा केन्द्रित गर्न राजाले नै षड्यन्त्र गर्न थाले । जनताले चुनेका प्रतिनिधिले बनाएको संविधान स्वीकार गर्ने घोषणा गरे पनि राजाले कार्यान्वयन गरेनन् । राजाले जारी गरेकै संविधानअनुरूप भएको संसद्को निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइभन्दा बढी बहुमत ल्यायो । तर, राजाको हुकुमी शासनको तृष्णा मेटिएको रहेनछ । सेनाको बलमा जनताको निर्वाचित सरकार भङ्ग गरेर लोकतन्त्रको भ्रूणहत्या गरे । त्यसपछि तीन दशक लामो संघर्ष गरे नेपाली जनताले लोकतन्त्र पुनःस्थापनाका लागि । सयौं नेपाली सपुतले आत्मोत्सर्ग गरे । अन्ततः २०४६ सालमा जनआन्दोलनका बलमा राजाको सक्रिय नेतृत्वमा सञ्चालित भनिएको पञ्चायती व्यवस्था समाप्त भयो र लोकतन्त्रको पुनःस्थापना भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकतान्त्रिक संविधान र निर्वाचन भएलगत्तै राजनीतिक दलहरूबीचमा र भित्रै पनि किचलो सुरु भयो । संसदीय व्यवस्थामा देखिने सबै विकृतिकाे अभ्यास नेपालका राजनीतिक नेताहरूले एक दशक बित्दा नबित्दै गरे । अर्कातिर आर्थिक सामाजिक विकासको गोरेटो पहिल्याउन लागेको मुलुकमा हिंसात्मक विद्रोह सुरु गरियो ।दशक लामो हिंसा र आतङ्कले देशलाई जर्जर बनायो । राजाले पनि मौका छोपेर हुकुमी शासनको सुरु गरे । तर, जनचेतनाका कारण राजाको शासन स्वीकार गर्न जनता तयार भएनन् ।  दोस्रो जनआन्दोलन भयो । जननिर्वाचित संविधान सभाले नेपालको संघीय गणतन्त्रात्मक लोकतान्त्रिक संविधान बनायो । त्यसअनुसार चुनाव भयो । अतः प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको अपव्याख्या र अपहेलना गरेर भङ्ग गरेको प्रतिनिधि सभा यसैले नेपाली जनताको सात दशक लामो संघर्षको प्रतिफल हो । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनादेशको दुरुपयोग गरेर जनतालाई धोका दिएको छ । सहिदको अपमान गरेको छ । देशलाई पुनः अधिनायकवादको रसातलतर्फ घचेट्ने  दुश्चेष्टा नसच्चिँदासम्म सहिदहरूको अपमान भइरहनेछ ।

देशलाई अधिनायकवादी अन्धकारतर्फ घचेट्ने दुश्चेष्टाको आआफ्नो धर्मअनुसार विरोध, प्रतिवाद र निगरानीमा सक्रिय रहेर हामीले सहिदहरूको सम्मान गर्न सक्छौँ । सहिदहरूको सम्मान गरौँ ! 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC