site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मेक्सिको–अमेरिकी सीमानजिक १९ व्यक्ति मृत भेटिए
Sarbottam CementSarbottam Cement

सियुदाद भिक्टोरिया (मेक्सिको) । अमेरिकाको सिमानानजिक मेक्सिकोमा कम्तीमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुने गरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरुको कार्यालयले जनाएको छ ।

प्रहरीले शनिबार कार्मागो सहरनजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुईवटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरुको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरु अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ ।

‘लासको परीक्षण चलिरहेको छ । तर, मृत शरीरकोे अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुनेछ,’’ अभियोजनकर्ताहरुको कार्यालयले जनाएको छ ।

Global Ime bank

करमागो करिब १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो । न्युभो लियोनका अधिकारीहरुले आफूहरुले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् । रासस/एएफपी
फाइल तस्बिरः एपी ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC