site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नबिल बैंकको ३६औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित
Ghorahi CementGhorahi Cement

काठमाडौं । नबिल बैंकको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

Agni Group

साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल र प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भए ।

बैंकले आव २०७६/७७ मा निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा बढी ३ अर्ब ४६ करोड नाफा गरेको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६ रुपैयाँ १६ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गरेर २ खर्ब ३७ अर्ब रुपैयाँ पुर्‍याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपछि बैंकको सेयर पुँजी १३ अर्ब ४८ करोड नाघेको छ ।

Global Ime bank

बैंकका अध्यक्ष पौड्यालले बैंकले स्थापनाकालदेखि हालसम्म २१ अर्ब रुपैयाँभन्दा बढी रकम राजस्वमा योगदान गरेको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC