भट्टराई बने विश्वकै उत्कृष्ट १०० गल्फ प्रशिक्षक

भट्टराई बने विश्वकै उत्कृष्ट १०० गल्फ प्रशिक्षक

काठमाडौं । संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका सचिन भट्टराई विश्व गल्फ टिचर महासंघ (डब्लूजीटीएफ) ले नेपालका व्यावसायिक गल्फर सन् २०२०/२१ को शीर्ष एक सय गल्फ प्रशिक्षक सूचीमा सामेल भएका छन् ।

रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प गर्दै आइरहेका विश्वकै उत्कृष्‍ट प्रशिक्षकमा उनी सामेल हुन सफल भएका हुन् ।
 
भट्टराईकै प्रशिक्षणमा प्रतिमा शेर्पाले गल्फ करियरमा धेरै चर्चा बटुल्न सफल भएकी छन् । यो सूचीमा सामेल हुँदा आफूलाई धेरै ठूलो खुसी मिलेको भट्टराईले बाह्रखरीसँग बताए ।

 


 

प्रतिकृया दिनुहोस
ad