site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केपीको भ्रम निवारण 

संविधान सभाबाट नेपालको संविधान पारित भएसँगै मुलुकमा स्थिरता कायम हुने अपेक्षा नेपालीले राखेका थिए । संविधान कार्यान्वयनका लागि स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सम्पन्न भएपछि गठित स्थानीय, प्रदेश र संघीय सरकारबाट देशको विकास र समृद्धिका लागि काम हुने आशा पलाउन थालेको थियो । 

नेपाली कांग्रेससँगै सरकारमा बसेर र कतिपय ठाउँमा चुनावी तालमेल गरी स्थानीय चुनावमा गएको तत्कालीन नेकपा (माओवादी) केही तहमा विजयी पनि भयो । तर, प्रदेश र संघीय संसद्को चुनावमा भने तत्कालीन नेकपा (एमाले)सँग पार्टी एकतासमेत गर्ने भन्दै एउटै घोषणापत्र लिएर माओवादी चुनावमा गयो । दुई कम्युनिस्ट घटक मिल्दा संसद्मा पूर्ण बहुमत पाएका थिए । चुनावपछि कम्युनिस्टहरूले ७ मध्ये ६ वटा प्रदेश र संघमा एकलौटी सरकार बनाए । स्थानीय चुनावमा गरिएको सिद्धान्तहीन तालमेलको फल नेपाली कांग्रेसले भने प्रदेश र संघीय संसद्को चुनावमा भोग्यो ।

नेकपाका दुवै घटकका साथै मधेसी दलहरूको समेत मत पाएर प्रधानमन्त्री चुनिएका केपी ओलीलाई संसद्को दुई तिहाइ बहुमत हासिल भएको थियो । उनले निकै तामझामका साथ “समृद्ध नेपाल : सुखी नेपाली“ को नारा लगाए । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा सामेल गरी ‘राष्ट्रवादी’का रुपमा आफूलाई  प्रस्तुत पनि गरे । उनको भ्रम भने  दुई वर्ष पनि टिक्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

मतभेद वा अन्तरसंघर्षका बीचमा एकता कायम रहन विधि र प्रक्रिया अनुसरण गरेमात्र सम्भव हुन्छ । कुनै पनि राजनीतिक पार्टी, संगठन वा संघसंस्थाको कार्य संचालनको लागि विधि, विधान वा नियम बनेका हुन्छन् । तिनीहरुलाई इमानदारी र दृढतापूर्वक पालना गरेर नै मतभेदका बीचमा एकता कायम हुनसक्छ । 

एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)पाको गठनकै बेला अवसरवादी गठबन्धनको स्थायित्वप्रति आशंका गरिएको थियो । अन्ततः शंका सत्य भयो र नेकपामा फुटसँगै संसद्को विघटनसमेत भयो ।

Global Ime bank

नेकपाभित्रको अन्तरसंघर्षमा कुन पक्ष सही थियो वा गलत ?  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीले एकअर्का विरुद्ध आरोपप्रत्यारोप लगाउने गरिरहेका थिए । दुवै आरोप वा प्रत्यारोपमा सत्यताको ठूलो अंश थियो । अब क्रमिकरुपमा दुवै पक्षको वास्तविक चरित्र उदांगिदै जानेछ । विधि, विधान र नियमको परिपालनाले मात्र कुनै पनि पार्टीको भविष्य सुनिश्चित हुन्छ । सम्भव भएसम्म आन्तरिक  विवादहरुलाई सहमतिका आधारमा नै टुंगाउने प्रयत्न गर्नु सर्वोत्तम विधि हो । कदाचित् सहमति हुन नसके लोकतान्त्रिक प्रक्रिया अपनाउनु पर्छ । बहुमतको निर्णयलाई संबन्धित सबै पक्षले मान्नुपर्छ । यस प्रक्रियाले नै राजनीतिक पार्टीभित्रका मतभेदका बीचमा एकता कायम रहिरहन्छ । 

नेकपाको अन्तरसंघर्षको परिणामका लागि भने दुवै समूहको नेतृत्व पंक्ति जिम्मेवार छन्  । पद र व्यक्तिगत महत्त्वाकांक्षाका लागि संगठनको बहुमतको निर्णय वा अनुशासनलाई मान्न अस्वीकार गरी जननिर्वाचित संसद्समेत विघटन गराएपछि राष्ट्र र जनताप्रति  ओलीको गैरजिम्मेवार प्रवृत्ति प्रकट भएको छ । कुनै संवैधानिक वा राजनीतिक औचित्यविना गरिएको संसद् विघटनको असर संघमा सीमित नरही प्रदेशहरुमा पनि पर्नेछ  । 

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्रबाट घेराबन्दी गरेर काम गर्न नदिइएको हुनाले नै बाध्य भएर संसद् विघटन गर्नुपरेको दाबी गरेका छन् । उनको त्यो तर्क आधारहीन तथा हास्यास्पद देखिन्छ । सरकार सञ्चालन गर्नेले आवश्यकताअनुसार कुनै खास बेलामा बहुमतको निर्णय वा आफ्नै पार्टीविरुद्ध पनि अडिनुपर्ने हुनसक्छ । कुनै महत्त्वपूर्ण सैद्धान्तिक वा राजनीतिक कारणबाट त्यसो गर्नु गलत हुँदैन । तर ओलीले संसद् भंग गर्नुको कुनै खास सैद्धान्तिक वा राजनीतिक कारण दिनसकेका छैनन् । 

कुनै पनि पार्टी संगठनमा सम्बन्धित पार्टीका सदस्यलाई पार्टीको नीति वा नेतृत्वको आलोचना गर्ने वा तिनीहरुमा परिवर्तनको माग गर्ने अधिकार हुन्छ । नेकपामा पनि त्यसका कुनै सदस्यलाई प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गर्ने वा प्रधानमन्त्री परिवर्तन गर्ने प्रयास वा माग गर्ने अधिकार हुनुपर्ने हो । त्यसका साथै त्यस्तो मागको विरोध गर्ने पनि अधिकार हुन्छ । यही अभ्यासलाई ओलीले आफ्नाविरुद्ध घेराबन्दी भनेको देखियो । नेकपाका बहुमत सदस्यहरुले उनको स्वेच्छाचारी र निरंकुश कार्यशैलीको चर्को विरोध गर्दै उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पद वा प्रधानमन्त्री पदबाट हटाउने माग गरेका थिए । असन्तुष्टि र विरोधको विधिसम्मत व्यवस्थापन लोकतान्त्रिक पद्धतिको सौन्दर्य हो । नागरिकलाई जस्तै शान्तिपूर्ण विरोधको अधिकार राजनीतिक पार्टीका सदस्यलाई हुन्छ  । त्यसलाई घेराबन्दी ठान्नु गलत दृष्टिकोण हो  । त्यसरी केही मान्छेलाई केही समयको लागि भ्रम दिन सकिएला तर सधैँका लागि वास्तविकता लुकाउन सम्भव छैन ।

ओलीले उनलाई अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन चाहेका भए पनि उनले उक्त  प्रस्तावको सामना गर्ने वैधानिक बाटो रोज्न सक्थे । उनले अविश्वास प्रस्तावै आएको भए त्यसविरुद्ध विधिसम्मत तरिकाले आफ्नो आफ्ना पक्षमा बहुमत जुटाउने प्रयत्न गर्न सक्थे  । कुनियत नभए त आफ्नो पक्षमा बहुमत नपुगे सहज तरिकाले पदबाट राजीनामा दिएर बाटो खोल्ने नैतिक साहस  देखाउनुपथ्र्याे । पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समिति तथा संसदीय दलमा समेत उनी अल्पमतमा पर्ने स्पष्ट हुँदै जानेबित्तिकै उनले त संसद् विघटनको बाटो पो समाते । उनले चालेको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने व्याख्या सर्वोच्च अदालतको अधिकार क्षेत्रभित्र रहे पनि कानुनविद्हरुका अनुसार यो कदम असंवैधानिक छ । ओलीले आफ्नो पद बचाउन सम्पूर्ण संगठन, संसद् र राष्ट्रिय राजनीतिमा समेत गम्भीर कुठाराघात गरे । उनको स्वेच्छाचारी चरित्रका कारण लोकतान्त्रिक व्यवस्थाप्रति समेत जनमानसमा नकारात्मक सन्देश पुगेको छ । 

ओलीको अप्रजातान्त्रिक र अधिनायकवादी कदमका पछाडि एउटा अर्को कारणले पनि काम गरेको हुनसक्छ । उनको कार्यकालमा भ्रष्टाचारका ठूलाठूला काण्डहरु भएका छन् । तर, उनले तिनको छानबिन गरेर दोषीलाई सजाय दिन पहल गर्नेभन्दा पनि ती काण्डहरुमा मुछिएका व्यक्तिहरुलाई नै संरक्षण गर्दै उनीहरुकै पक्षपोषण गर्दै आएका   छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिमा देखिएको तानातानले पनि यसको पुष्टि गर्छ । स्वेच्छाचारी ढंगले वैयक्तिक स्वार्थ पूरा गर्न ओलीले संसद् विघटनको बाटो समातेका थिए भन्ने त उनले गरेका विभिन्न संवैधानिक नियुक्ति र पार्टी फुटाउने कदमबाट पुष्टि भइसकेको छ ।  संविधानको मर्मविपरीतको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराएर अख्तियारलगायत संवैधानिक अंगमा आफ्नो प्रभुत्व कायम गर्ने ओलीको प्रयत्न आफ्ना समर्थक भ्रष्टाचारीको संरक्षण र विरोधमा लाग्नेहरुसँग प्रतिशोध लिनका लागि हो भन्ने पनि बिस्तारै पुष्टि हुँदै जानेछ । 

पार्टीका बहुमत केन्द्रीय सदस्यले साथ नदिएपछि ओलीले उल्टै आफ्ना समर्थकहरू थपेर केन्द्रीय समिति नै एक हजारभन्दा बढीको बनाइदिए । पार्टीको अध्यक्ष भइरहेको देखाउन विधि, विधान र पद्धति मिच्न नहिचकिचाउने उनको अहंकारी प्रवृत्ति यसैबाट पनि झल्किन्छ । विगतका नजिरहरू हेर्दा पहिले निर्वाचन आयोगमा दर्ता गरिएका सदस्यहरु नै पार्टीका वैधानिक र आधिकारिक सदस्य हुन्छन् । बहुमत गुमाएपछि नयाँ सदस्यहरू नियुक्त गरेर आफ्नो बहुमत देखाउने प्रयत्न जालसाजी हो । शक्तिको भरमा निर्वाचन आयोगलाई प्रभाव पार्ने कोसिस भए पनि आयोग सही निर्णय लिनबाट विचलित नहुने अपेक्षा गर्न सकिन्छ । 

ओलीले नितान्त व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गरेर अस्थिरताको बीजारोपण गरेका छन् । देश गम्भीर संकटको भुमरीमा परेको छ । तर, यो अस्थायी अवस्था हो । नेपाली जनताले यसभन्दा पहिले पनि धेरै निरंकुश कदमको सामना गर्दै आएका हुन् । तर, नेपालको राजनीतिक इतिहासमा अस्थिरताको जड विभिन्न आवरणमा नेतृत्व गरिरहेका कम्युनिस्टहरु नै हुन् भन्ने एकपछि अर्को घटनाक्रमबाट पुष्टि हुँदैगएको छ । अहिले केपी ओलीको निरंकुशताविरुद्ध उत्रनु पनि अन्तिम नहोला । नेपालका कम्युनिस्ट नेतृत्वभित्र ओली प्रवृत्ति दोहोरी रहने हेक्का नेपाली कांग्रेसको नेतृत्वमा हुनु जरुरी छ । ऐतिहासिक राजनीतिक परिवर्तनको सधैँ नेतृत्व गर्दैआएको नेपाली कांग्रेसले सत्ताको लोभमा नफसी राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागिसंघर्ष गर्नुपर्ने अवस्था फेरि उत्पन्न भएको छ ।

ओलीको निरंकुश कदमलाई परास्त गरी प्राप्त उपलब्धिहरुको रक्षा गर्दै मुलुकलाई पुनः  लयमै फर्काउने अभिभारा अब जनताको काँधमा आएको छ । जनता र जनआन्दोलनको बलमा मुलुक पुनः अग्रगमनको दिशामा अघि बढ्नेछ । जनताको भावनालाई कदर गर्दै राष्ट्रलाई नेतृत्व प्रदान गर्न कांग्रेसको नेतृत्वले पनि आफूलाई सच्याएर अघि बढनु आवश्यक छ ।                                   
                       

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC