site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
 किसानका लागि सरकार नभए बराबर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकार सबै नागरिकको साझा त हो तर कसै कसैका लागि बेलाबखतका सरकारहरू नभए बराबरै हुने गरेको छ । अगाडि पर्दा लोलोपोतो गर्ने तर पछाडि हुनेबित्तिकै जनसाधारणका समस्यामा आँखा चिम्लने प्रवृत्ति भएको सरकार जनताका लागि हुनु र नहुुनु बराबरै हो । बर्सेनि आफ्नै बालीको पैसा उठाउन सरकार गुहार्नु पर्ने र सरकारले उखु किसानको समस्यामा खासै ध्यान नदिने गरेको पनि धेरै वर्ष भइसक्यो । अब त उखु किसानहरूको बानी नै परिसक्यो होला । यस वर्ष पनि तराईका विभिन्न जिल्लाका किसानहरू उखु मिलबाट पाउनु पर्ने पैसा दिलाइदिन सरकार गुहार्ने क्रममा काठमाडौं आएका छन् । उखु किसानका अनुसार उनीहरूको ९० करोड रुपियाँ बक्यौता भइसकेको छ । गत वर्ष पनि चिसो काठमाडौं आएर न्यानो तराईका उखु किसानहरूले आन्दोलन गरेका थिए । यस वर्ष देशभरबाट १ लाख उखु किसान आन्दोलनमा सहभागी हुन काठमाडौं आउने दाबी गरेका छन् । आन्दोलनको संयोजन गर्दैआएको उखु किसान संघर्ष समितिले किसानहरूले अब बक्यौता उठाएरमात्र घर फर्कने अठोट गरेको बताएको छ । 

उखु मिलका सञ्चालक वा सरकारी अधिकारीहरूले किसानको समस्यालाई गम्भीरतापूर्वक लिने गरेको यति गम्भीर अवस्था हुने थिएन । यस्तै चिनी कारखानाका व्यवस्थापकहरूले पनि आफूहरू समस्यामा परेकोे गुनासो गर्दैआएका छन् । विशेषगरी तस्करीको चिनीका कारण आफ्नो उत्पादन विक्री नभएकाले किसानको पैसा समयैमा तिर्न नसकेको उनीहरूले भनेका छन् । यस्तोमा सरकारले दुवै पक्षको मर्का सुनेर चिनी कारखाना बन्द पनि नहुने किसानको पैसा पनि नडुब्ने गरी बेलैमा समस्या समाधान गर्नुपर्ने थियो । दुर्भाग्य, उखु किसानहरूका लागि सरकार नभए बराबर भयो । नत्र २०७६ सालमा सरकारसँग गरेको सम्झाैता  कार्यान्यन गर्न संघर्ष गर्नुपर्ने थिएन । भन्न त सरकारले चिनी कारखानाका व्यवस्थापनलाई किसानहरूको पैसा एक महिनाभित्र भुक्तानी दिन ताकेता गरेको भनेको छ तर सरकारी ताकेता कागजमा सीमित भएको पनि अधिकारीहरूलाई थाहा छैन । किसानहरूले काठमाडौंमा आन्दोलन थालेपछि सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेताले समर्थनमा ‘गोहीको आँसु’ चुहाउनेछन् । आन्दोलन अलि चर्कियो भने नियन्त्रणका नाममा बल प्रयोग गरिनेछ । अनि किसानहरूसँग वार्ताको नाटक गरेर चिनी कारखानाका मालिकहरूको धरपकड सुरु हुनेछ । त्यसपछि केही लिने र दिने सर्तमा आन्दोलन साम्य हुनेछ । विगत केही वर्ष यस्तै भएको थियो । यसपटक पनि सरकार साँच्चै नै किसानको समस्या समाधान गर्न गम्भीर हुने अपेक्षा गर्ने कुनै आधार छैन ।

उखु किसान र चिनी कारखानाको व्यवस्थापन एकअर्कामा निर्भर छन् । किसानले उखु बाली लगाउनै छाडे भने चिनी कारखाना स्वतः बन्द हुनेछन् । यस्तै, चिनी कारखाना बन्द भए किसानहरूको उखु पनि बिक्नेछैन । यसैले अन्योन्याश्रित सम्बन्ध भएका किसान र कारखाना प्रबन्धकहरूले अब बरु आपसमा बसेर समस्या सल्टाउने प्रयास गर्नु उचित हुनेछ । सबैभन्दा राम्रो त अहिले सरकारले कोभिड—१९ को संक्रमणलाई समेत ध्यानमा राखेर आन्दोलन नचर्किँदै किसान र चिनी कारखानाका मालिकहरूलाई सँगै राखेर वार्ता गराउने दुवै पक्षको अहित नहुने गरी सहमतिमै समाधान निकाले हुन्थ्यो । तर, सरकारको राजनीतिक नेतृत्वलाई पार्टीभित्रको किचलो र कमाउने मौकाबाहेक अरू विषयमा ध्यान दिने फुर्सदै नहोला । कर्मचारीलाई तलब काम गरे पनि नगरे पनि आइहाल्छ । जनताप्रति उत्तरदायी हुने हो भने सरकार किसानको पैसा तिर्न कारखानालाई ऋण दिन जमानी बस्ने र आवश्यक भए त्यसको ब्याज कारखानालाइई अनुदान दिने गरेर सबै पक्षलाई समस्याबाट मुक्त गर्न सक्छ । तर, अहिलेको सरकार सामान्य किसान वा व्यवसायीकै लागि पनि भए नभए बराबरै छ । यसैले किसानहरूले थप केही दिन दुःख पाउने देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC