site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दलको आन्तरिक विवादमा अल्पमतमा परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बोलाएका सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । पछिल्ला राजनीतिक घटनाक्रममा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठकमा उनले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आग्रह गरेका थिए । विगत केही सातादेखि राजावादीका नाममा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध सडकमा नारा जुलुस भइरहेको छ । यस्तै, हिंसात्मक क्रियाकलापमा संलग्न प्रतिबन्धित एउटा दलका कार्यकर्ताले फाटफुट हिंसात्मक गतिविधि फेरि सुरु गरेका छन् । मोरङमा एक जना शिक्षकको हत्याको आरोप नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको समूहमागि लगाइएको छ । सम्भवतः प्रधानमन्त्री ओलीले यिनै घटनाको संकेत गर्दै संसद्भित्रका सबै दलललाई एक हुन आग्रह गरेका हुन् । विडम्बना, अरू दलका नेता कसैले पनि प्रधानमन्त्री ओलीका कुरा पत्याएको देखिएन । 

नेपाली कांग्रेसले त अहिले सडकमा भइरहेको नारा जुलुसलाई  सरकारप्रतिको असन्तुष्टिका रूपमा लियो । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले सर्वदलीय बैठकमा सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको भनेका छन् । सरकार लोकतान्त्रिक पद्धतिअनुसार चलेमा संविधान विरोधीहरू ससफल हुननसक्ने सुझाव कांग्रेसले सरकारलाई दिएको छ । अहिले सडकमा भइरहेको संविधान विरोध प्रदर्शनका पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीले भने संविधान संशोधन गरेर प्रदर्शनकारीको माग सम्बोधन गर्नुपर्ने धारणा प्रकट गरे । प्रधानमन्त्री ओलीले खोजेजस्तो सहयोग दिन कुनै दल पनि तयार देखिएन । यसैले सर्वदलीय बैठक अर्थहीन हुनपुग्यो । यसभन्दा पहिले भारतले नेपालको सहमतिविना नै प्रयोग गर्दैआएको कालापानीलगायत नेपाली भूभाग नेपालको नयाँ नक्सामा समावेश गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओली सर्वदलीय बैठक बोलाएका थिए । बैठकपछि संसद्ले सर्वसम्मतरूपमा सरकारको प्रस्ताव अनुमोदन गरेको थियो । 

सरकारको भ्रष्ट र अनुत्तरदायी क्रियाकलाप तथा सत्तारुढ दलका नेताहरूको अत्यन्त गैरजिम्मेवार प्रवृत्तिबाट जनता आजित भएकैले सडकमा अहिलेको असन्तुष्टि प्रकट भएको हो । देशमा केही मानिस त सधैँ नै गणतन्त्र, संघीयताका विपक्षमा रहिआएकै छन् । जनतामा सरकारप्रति असन्तुष्टि बढेको र प्रमुख विपक्ष जनताबाट विमुख भएको मौका छोपेर अहिले तिनले सडकमा उपस्थिति देखाएका हुन् । यसैले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व जनताप्रति जिम्मेवार हुने र प्रमुख विपक्षले सरकारलाई जनताका तर्फबाट निरन्तर निगरानी तथा सावधान गराइरहने हो भने संविधानविरुद्ध उठेका आवाज स्वतः मत्थर हुँदै जानेछ । हिंसात्मक क्रियाकलापलाई कानुन व्यवस्था सुदृढ गरेर र विप्लवका कुनै राजनीतिक माग भए प्रतिबन्ध लगाएर होइन वार्ताबाट समाधान खोज्नुपर्छ । सर्वदलीय एकताले हिंसा रोकिँदैन । 
प्रधानमन्त्री ओली आफ्नै पार्टीभित्र एक्लिँदै गएका बेला प्रमुख विपक्षले सरकारविरुद्ध देशव्यापी आन्दोलन सुरु गर्न लागेको छ । प्रधानमन्त्री ओलीकै निकट कार्यकर्ता र प्रशासनको ज्यादतीले दमौली काण्ड भएको थियो । दोहोरो संकटमा पर्दा अहिले अरू दलहरूलाई सम्झने प्र्रधानमन्त्री ओलीको व्यवहार महाभारत युद्धमा कर्णले आफ्नो रथ जमिनमा भासिएपछि अर्जुनलाई धर्मयुद्धका नियमहरू सम्झाएजस्तै देखिएको छ । कोभिड—१९ को संकटका सम्बन्धमा छलफल गर्न प्र्रमुख विपक्षले सर्वदलीय बैठक आह्वान गर्दा प्रधानमन्त्री ओलीले गरेको उपेक्षा कसैले बिर्सेका छैनन् । पार्टीभित्र अलिकति सजिलो हुनेबित्तिकै ओलीको दम्भ कसरी प्रकट हुन्छ भन्नेमा पनि सबै भुक्तभोगी नै छन् । यसैले पहिले प्रधानमन्त्री ओलीले आफ्नो छवि सुधारेमात्र यस्ता बैठकहरू औचित्यपूर्ण हुनेछन् । आशा गरौँ, राष्ट्रिय महत्त्वका विषयमा एकलकाटे सोच त्यागेर अरूको पनि साथ र सहयोग लिने सद्बुद्धि  प्रधानमन्त्री ओलीलाई प्राप्त हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC