बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार ‘राई’ शब्दबारे भ्रम र यथार्थ  राजुकुमार राई
बाह्रखरी - सोमबार, मंसिर २२, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

नजिकिँदै गएको १२ औं राष्ट्रिय जनगणनाको पूर्व तयारीसँगै ‘राई’ शब्दका बारेमा फेरि बहस सुरु भएको छ । राष्ट्रिय जनगणनामा सोधिने प्रश्नहरुमध्ये जात÷जातिको प्रश्नमा के लेख्ने भन्ने मूल जिज्ञासासँगै यो बहस राई समुदायका बीच एउटा गम्भीर विवेचनाको विषय बनेको हो । ‘राई’ कुनै एक ऐतिहासिक जाति हो या कालान्तरमा कसैद्वारा दिइएको पदवी वा उपाधि हो भन्ने विवादसँगै यसको बहस र विश्लेषण  जनस्तरमा सीमित नरही प्राज्ञिक र बौद्धिक स्तरमा पनि पुगेको देखिन्छ । 

विशेषतः ‘राई’ शब्दको शाब्दिक अर्थ र परिभाषा खोज्ने क्रममा विश्लेषकहरु दुई खेमा वा ध्रुवमा विभाजित भएका भेटिन्छन् । एकथरी विश्लेषकहरु ‘राई’ पदवी नभई जात हो भन्ने मान्यतालाई तार्किकरुपले स्वीकार गर्छन् भने अर्काथरी विश्लेषकहरु ‘राई’ जात नभई कसैबाट दिइएको वा लिइएको ‘पदवी’ हो भन्ने मान्यतालाई सप्रमाण पुष्टि गरिरहेका छन् । सैद्धान्तिकरुपमा एकथरी विश्लेषकहरु यस बहसलाई ताङ्खिवकतावादी सम्प्रदाय अर्थात् ‘प्राइमोर्डिअलिस्ट स्कुल अफ थट’मा आधारित रही आनो धारणालाई अगाडि सारिरहेका छन् भने अर्काथरी विश्लेषकहरु निर्माणवादी सम्प्रदायमा आधारित छन् । ताङ्खिवकतावादी मान्यताअनुसार पहिचान केही ताङ्खिवक, प्रकृतिप्रदत्त र अपरिवर्तनशील हुन्छ । अर्थात् पहिचानका आधारहरु ऐतिहासिकभन्दा पनि प्राकृतिक हुन्छन् । तर, निर्माणवादी तर्कअनुसार पहिचान प्रकृतिप्रदत्त वा ताङ्खिवक नभई ऐतिहासिक तथा राजनीतिक परिप्रेक्ष्य र पृष्ठभूमिमा निर्मित एवं निर्देशित हुने गर्छन् । 

‘राई’ शब्दको उत्पत्ति, अर्थ र प्रयोगका सम्बन्धमा प्राप्त विभिन्न मतभिन्नतासँगै यो शब्द सधैँ विवादास्पद र विरोधाभासको सङ्क्रमणकालीन अवस्थामा रह्यो । विभिन्न विश्लेषकहरु (शर्मा, २०३९; प्रपन्नाचार्य, २०५१; चेम्जोङ, २०५१; याखाराई, २०५३, २०५५; गाइन्ज्ले, २०५६; राई, २०५९; राई, २०६३)ले राई शब्दका बारेमा सूक्ष्म अध्ययन र गहन विश्लेषण गरे पनि एकमत हुन नसकेको देखिन्छ । केही विद्वान्हरुले ‘राई’ शब्द पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानसँगै प्रयोगमा आएको कुरामा जोड दिएका छन् भने केही विद्वान्हरुले खसनेपाली भाषाको इतिहासमा ‘राई’ शब्द लगभग ७०० वर्ष पहिलेदेखि प्रचलनमा आएको तथ्यलाई पुष्टि गरिरहेका छन् ।

Agani Group

‘राई’ शब्द र यसको प्रयोगका सम्बन्धमा डा. स्वामी प्रपन्नाचार्य आनो पुस्तक प्राचीन किरात इतिहास (२०५१)मा विभिन्न ग्रन्थहरुको उदाहरण दिँदै लेख्छन् – हर्कबली रायको काशीकावृत्तिको टिप्पणीको अन्तिम पुष्पिकामा ‘इति श्री नेपालस्य पूर्वाञ्चल–खोटाङ्गक्षेत्रवास्तव्येन चामलिङ्रायकुलभूषणेन हर्कबलीना वीरचिता टिप्पणी समाप्त साके १०१७ शुभम्’ । त्यसैगरी अर्को ग्रन्थ काव्यसुधानिधि नामक ग्रन्थको अन्तिम पुष्पिकामा पनि यसरी उल्लेख गरिएको छ – इति नेपाल पूर्वाञ्चलखोटाङवास्तव्येन चाम्लिङरायकुलतिलकेन गौरीमायाबलिराजद्वितीयात्मजेन व्याकरणसाहित्यदिसुधारसपानचतुरेण हर्कबलीरायपदवाच्येन ‘काव्यसुधानिधिः प्रपूरितः इति शुभम शाके १०२८ । उल्लिखित हरफहरुबाट पनि के स्पष्ट हुन्छ भने राई शब्द राय शब्दकै अपभ्रंश हो । राय शब्दबाटै राई भएको प्रस्ट इतिहास छ । अनुसन्धाता चतुरभक्त राई (२०६३)का मतअनुसार राय शब्द नेपाल एकीकरण अभियानभन्दा करिब १३५ वर्ष पुरानो र खस नेपाली भाषाको इतिहासमा ‘राई’ शब्द करिब सात सय वर्ष पुरानो भएको हुनाले पृथ्वीनारायण शाहबाट निगाह भएको पदवी वा पगरी भन्न नमिल्ने देखिन्छ । यद्यपि, राई पृथ्वीनारायण शाहले दिएको कुनै पदवी नभई जाति हो । किनभने शाहको एकीकरणपूर्व पनि राईहरु थिए र राई राजाहरुले पृथ्वीनारायण शाहसँग युद्ध गरेका थिए । 

दुर्गाहाङ याखाराईले किरात हिजो र आज (२०५५) नामक पुस्तकमा राईका बारेमा विभिन्न प्रसङ्गहरु उठाई राय शब्दबाट राई हुन आएको तथ्यलाई उजागर गरेका छन् । इतिहासकार योगी नरहरिनाथको विचारलाई उद्धृत गर्दै राई लेख्छन् – ‘राई’ शब्द सर्वप्रथम सन् १३३७ मा जुम्लाका राजा पुण्यमल्ल देवको कनक पत्रमा ‘राईको आदेश’ भन्ने वाक्यांश रहेको तथ्यलाई उल्लेख गरेका छन् । त्यसैगरी उनले आनो पुस्तक ब्राह्मणवादविरूद्ध जनजाति र उत्पीडित वर्ग (२०५३)मा इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइलाई उल्लेख गर्दै लेख्छन्– ‘... ‘राई’ शब्द जुम्लाका पुण्य मल्लका शक संवत् १२५९ (१३३७ ई. सं.) को ताम्रपत्रमा राजाकोे अर्थमा आएको थियो ।’ तथापि, राई शब्दलाई राजाबोधक शब्दको रुपमा लिँदै राजाबाट ‘राया’,‘राय’, ‘राये’ र ‘राए’ हुँदै अन्तमा राई भएको हो । 

sarbottam cement

रामचन्द्र राईले सन् १४९६–१५४० बीचको उत्तर बङ्गालको इतिहासमा नारायण राई, चिल्ल राईजस्ता शासकहरुका नामको पछाडि ‘राई’ शब्द उपनामकै रुपमा प्रयोग भएकोले र यो प्रसङ्ग पनि नेपाल एकीकरणभन्दा लगभग २३३ वर्षअगाडि भएको कारण राई शब्दलाई पृथ्वीनारायण शाहले दिएको पदवी वा पगरी भन्न नमिल्ने उल्लेख गरेका छन् । तर, जनकलाल शर्मा (२०३९)ले हाम्रो समाज एक अध्ययन पुस्तकमा उल्लिखित मतहरुभन्दा फरक मत राख्दै राई शब्दको प्रयोग पृथ्वीनारायण शाहले किरात प्रदेशलाई आधुनिक नेपालमा समाहित गराएपछि अर्थात् विक्रम संवत् १८३१ को आसपासदेखि नै व्यापकरुपमा प्रयोग हुँदै आएको तथ्यमा जोड दिएका छन् । गाउँका जान्ने सुन्ने मुख्य व्यक्तिलाई स्थानीय प्रशासकको रुपमा ‘जिमिदार’, ‘तालुकदार’ नियुक्त गरी ‘राई’ र त्यसैगरी गाउँका प्रमुख लिम्बुलाई ‘सुब्बा’ मानपदवीले विभूषित गराएका थिए । कालान्तरमा यही मानपदवीद्वारा विभूषित खम्बुहरु ‘राई’, लिम्बुहरु ‘सुब्बा’ सुनुवारहरु ‘मुखिया’ र याखाहरु ‘देवान’ आदि कहलिए । समाजशास्त्री डिल्लीराम दाहाल पनि ‘राई’ शब्द पदवीको रुपमा प्राप्त भएको कुरालाई स्वीकार गर्छन् । उनका अनुसार राई संज्ञा धेरैपछि अर्थात्् वि. सं. १८३१ तिर पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा माझकिरात र पल्लो किरातमाथि पृथ्वीनारायण शाहले विजय प्राप्त गरेपछि निश्चित क्षेत्रअनुरुप त्यहाँका खम्बुहरुलाई जिमिदार र तालुकदारमा नियुक्त गरी ‘राई’ र त्यसरी नै गाउँका प्रमुख लिम्बुहरुलाई ‘सुब्बा’ मानपदवीले विभूषित गरेका थिए । 

मार्टिन गाइन्ज्ले (२०००)का मतअनुसार राई शब्द कुनै जात विशेष नभई हिन्दू शासकहरुले आनो प्रशासनिक व्यवस्थापनलाई सहज बनाउन पूर्वी नेपालको एक निश्चित जाति वा समूहको मुख्य व्यक्तिलाई प्रदान गरेको अर्धस्वायत्त उपाधि हो । सीएम खम्बु (२०६१)को विचारमा ‘राई’ राय शब्दको अपभ्रंश हो । यसको शाब्दिक अर्थ न्याय वा वकालत हुन्छ । न्यायपालक वा सही वकालत गर्न सक्ने ओजस्वी वा प्रतिभाशाली व्यक्तिलाई नै प्रतिष्ठाका साथ तत्कालीन शासकहरुले राईको उपाधि दिएको पाइन्छ । तत्कालीन सिक्किमलगायत भारतमा पनि उक्त सम्मानजनक राई, सुब्बा र देवान पद कुनै ओजस्वी व्यक्तिलाई प्रतिष्ठासूचक उपाधिका रूपमा प्रदान गरिन्थ्यो । उनकाअनुसार यो ‘राई’ शब्दले किपटीय शासनकालमा किपटका प्रमुखलाई जनाउँथ्यो । जसले सरकारी मालपोत वा तिरोभारो उठाउनुका साथै विभिन्न रैतीमाथि शासन गर्ने गर्थे । एडेन भान्सिटार्टका मतअनुसार जब पहिले खम्बुहरु र त्यसपछि लिम्बुहरु गोर्खालीहरुबाट पराजित भए, गोर्खाका राजाले सम्भवतः उनका पराजित दुस्मनहरुलाई सान्त्वना दिने उद्देश्यले उनीहरुमध्येका ज्यादै प्रभावशाली व्यक्तिहरुलाई आज्ञापत्र दिएर केही निश्चित क्षेत्रहरुमा शासन गर्ने अधिकार प्रदान गरे । यी आज्ञापत्रद्वारा खम्बुहरुलाई ‘राई’ पदवी र लिम्बुहरुलाई ‘सुब्बा’ पदवी दिइएको थियो । यसको अर्थ व्यावहारिकरुपमा उस्तै थियो (राई, २०६३) ।
उल्लिखित विद्वान्हरुका मतहरू अध्ययन र मनन गर्दा ‘राई’ शब्दको प्रयोग कहिलेबाट कहाँ, कसरी, कसले ग¥यो भन्ने बारे मतैक्य पाइँदैन । यसको उत्पत्ति, प्रयोग र अर्थका बारेमा पनि उत्तिकै मतभेद पाइन्छ । राई शब्द साँच्चिकै पदवी नभई जात विशेषको ऐतिहासिक चिनारी हो या पद वा पदवी हो ? वास्तवमा यो एक विवादित विषयको रुपमा सम्पूर्ण किरात राई समुदायमाझ प्रस्तुत भएको छ ।

उल्लिखित तर्क, तथ्य र विषयवस्तुहरुलाई समष्टिगतरुपमा विश्लेषण गर्ने हो भने ‘राई’ शब्द पृथ्वीनारायण शाहको सन्दर्भमा उनले दिएको पदवी नभई ‘राई’ एक विशिष्ट ऐतिहासिक जातिका रुपमा रहेको कुरा बढी वैज्ञानिक र तार्किक देखिन्छ । पृथ्वीनारायण शाहको आधुनिक नेपाल एकीकरणको समयमा उनीसँग युद्ध गर्ने राजाहरु नै राई थिए । राईहरु पृथ्वीनारायण शाहसँग युद्ध लडेका थुप्रै इतिहास यसका अमीट साक्षी र सत्य प्रमाण हुन् । यस आधारबाट पनि ‘राई’ शब्दलाई जातीय पहिचानको साटो पदवीको रुपमा लिनु युक्तिसंगत एवम् तार्किक नहुने आधार प्रशस्तै भेटिन्छन् । 

अतः राई शब्दको प्रयोग र बहसमा सैद्धान्तिकरूपमा स्पष्ट हुने हो भने माथि उल्लेख गरिएका दुई वटा सम्प्रदायलाई आनुभाविक ढङ्गले मिहिन विश्लेषण गर्नु आवश्यक हुन्छ । पहिलो सम्प्रदायअन्तर्गत ताङ्खिवकतावादी पर्छ । यस सम्प्रदायअन्तर्गत राई जाति हो अर्थात् पहिचानलाई प्राकृतिक अवधारणाको रुपमा विश्लेषण गरिन्छ । राई शब्द बढी पहिचानसँग जोडिएको हुनाले यो अपरिवर्तनशील छ । समय तथा इतिहासको प्रवाहसँगै भइरहने परिवर्तनभन्दा माथि छ । किनभने राईको आनै सामाजिक तथा सांस्कृतिक इतिहास र परम्परा छ । सृष्टिको उत्पत्ति र विकासको व्याख्या गर्ने आनै परम्परागत मुन्दुमी ज्ञान छ । अनुभव र अभ्यास छ । राई आफैँमा एउटा विशिष्ट पहिचान हो । यसका लागि आनै भाषा, धर्म, संस्कार र संस्कृति छ । परिवारमा बच्चा जन्मनेबित्तिकै जसरी उसको स्त्री वा पुरूष भन्ने पहिचान छुटिन्छ त्यसरी नै राईको पनि आनै पहिचान र अस्तित्व छ । तर, अस्तित्वका आधारहरु ऐतिहासिक हुँदैनन्, प्राकृतिक हुन्छन् । जातीयता स्थिर र अपरिवर्तनशील हुन्छ । कुनै व्यक्तिको जन्म राई परिवारमा भएको छ भने ऊ सधैँ राई नै हुन्छ । पहिचान प्राकृतिकरुपले प्रदत्त हुने हुनाले यो स्थिर प्रकारको हुन्छ । यो जैविक तथा सांस्कृतिक विम्बहरुमा आधारित हुन्छ । 

यसको ठीकविपरीत निर्माणवादी सम्प्रदायले कुनै पनि ‘इस्यु’ वा पहिचानका मापदण्डहरु प्रकृति प्रदत्त नभई ऐतिहासिक र राजनीतिक परिवेश र परिपे्रक्ष्यमा निर्मित र निर्देशित हुने मान्यतालाई अघि सार्छ । यसअन्तर्गत पहिचान ऐतिहासिक तथा राजनीतिकरुपले साधनको रुपमा निर्माण हुने ‘इस्यु’ वा ‘कन्सेप्ट’ हो । यो सामाजिक, सांस्कृतिक तथा राजनीतिकरुपले निर्माण र पुनर्निर्माण हुने गर्छ । यस सम्प्रदायको मतअनुसार कुनै पनि वस्तु स्थिर हुँदैन । सबै वस्तु तथा अवधारणाहरु गतिशील र चलायमान हुन्छन् । उदाहरणका लागि पचास वर्षअघिको राई र अहिलेको राईमा प्रशस्तै सामाजिक, सांस्कृतिक, धार्मिक तथा राजनीतिक भिन्नताहरु पाइन्छन् । बाजेमा भएको राईत्व र नातिमा हुने राईत्वमा फरक हुन्छ । उनीहरुमा हुने सामाजिक तथा सांस्कृतिक अवधारणाका बुझाइ र दृष्टिकोणहरु नितान्त फरक र सापेक्षित हुन्छन् । 
परन्तु, यस्ता बहुआयामिक बहस र विश्लेषणहरुको निरपेक्ष निष्कर्ष र समाधानका लागि विशिष्ट खोज, सूक्ष्म अध्ययन र गहन अनुसन्धान आवश्यक हुन्छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, मंसिर २२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्