बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार हिंसाको सीमा कति ? कुलचन्द्र वाग्ले 
बाह्रखरी - बिहीबार, मंसिर ११, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

हिंसाको के हो र यसको सीमा कति भन्ने प्रश्नले कौतुहल जन्मायो । प्रसंग संयुक्त राष्ट्रसंघ महासभाले महिलाप्रति हुने हिंसाविरुद्ध चेतना जगाउन तोकेको दिवसको हो । महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई (यस वर्ष यहाँ मंसिर १० गते पर्यो) महिलाविरुद्धको हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रि«य दिवसका रूपमा मनाउन आह्वान गरेको छ ।

यस दिवसले दिने सन्देश हिंसाको समग्रतामा भन्दा महिलामाथि हुने हिंसामा केन्द्रित बुझिन्छ । स्वाभाविक हो, महिलाहरु बढी नै  हिंसा पीडित छन् र यही कारण राष्ट्रसंघले यो दिवस तय गर्यो । यी पंक्तिमा भने महिलाविरोधि व्यापक हिंसामाथि कुनै संकथन व्यक्त गर्ने सामथ्र्य राखिएको छैन । लैंगिक मर्यादा जसलाई लैंगिक समानता भन्ने गरिएको छ यसको पक्षमा समर्थन जनाउँदै यहाँ हिंसाको व्यापकताप्रति सानो प्रस्तुतिको जमर्को गरिएको छ । 

हुन त राष्ट्रसंघले महात्मा गान्धीको स्मृतिमा घोषणा गरेको दिनलाई ‘अहिंसा दिवस’ भन्ने गरेको छ । तर राष्ट्रसंघले समग्र हिंसाका विरुद्ध कुनै दिवस नतोकेका कारण यही दिवसमा हिंसाको व्यापकतामाथि विमर्श हुनु वाञ्छनीय हुन्छ । 

Agani Group

सरल अर्थमा हिंसाको विपरीतार्थक शब्द हो अहिंसा  । हिंसा र अहिंसाको सीमा बुझ्न हिंसाको दुनियाँ बुझेपछि त्यसको फरक अहिंसा हुनसक्ने सजिलो बुझाइ निकाल्न सकिएला । हिंसा अहिलेको युगले व्युत्पन्न गरेको नयाँ शब्द सोच वा भोग पनि होइन । पूर्वीय दर्शनमा ‘अहिंसा परमो धर्मः’ भनिएकै छ । यस अर्थमा हिंसा पनि अहिलेको पहिचान होइन, युगौं पुरानो हो र अर्थ कारण विस्तार चाहिँ हुँदैआएको हो । 

पौराणिक युगमै अहिंसा चिन्तन हिंसाबाट उत्पन्न कार्यकै कारण आयो भन्ने स्पष्ट हुन्छ । कारण नभए प्रतिवादको सम्भावना पनि शून्य नै हुन्छ । हिंसा र अहिंसा कुन पहिले ? सोच्दा, हिंसा पहिले र त्यसको प्रत्युत्तरमा अहिंसाको मान्यता स्थापित भएको मान्न अर्को उदाहरण चाहिँदैन । प्रश्न, हिंसा कहिले, कसरी सुरु भयो भन्ने चाहिँ हो । 

sarbottam cement

हिंसा प्रवृत्ति झन्डै मान्छेको ‘कथित’ विकाससँगै जोडिए हुनुपर्छ । गुफाकालीन, नाङ्गो जनावर मान्छेले आगोको चामत्कारिक ज्वलन भोग्यो र यही घटना उसको विकास चरणको प्रथम पाइलाहरुमध्ये पर्यो । रुखका हाँगाको घर्षण, काठबीचको रगडाइ वा सिकारु सिकारी अवस्थामा ढुङ्गाको टुक्रे हतियार र झटारो बनाउँदा निस्केका झिल्काहरु घाँसेच्याउमा सल्किएर न्यायो ताप अनुभूति गरेको जिज्ञासु मान्छेले त्यहीँ पोलिएको वन्य उत्पादनको मीठो स्वाद चाख्न सिक्यो । पोलिएका चराचुरिङ्गीको मासु पनि जिज्ञासापूर्वक चाख्न सिक्यो होला र मीठो मांसाहार सिकारी बन्न अभ्यस्त भयो । अनि सिकारी हिंसा सुरु भयो होला । 

भनिन्छ आगो मानिसको विकासको पहिलो चरण हो । तर, सूक्ष्म नै सही पानी जीवको उत्पत्ति आधारसँगै मानिससँग अविच्छिन्न रह्यो । सामान्यतः पानी (बाढी, भेल चाहिँ भोग्य रुपमा पानीको अर्थ होइन ) अहिंसाको शीतल प्रतीक र आगो हिंसाको पोल्ने आक्रामक तेज मानियो । यो भयो प्राकृतिक देन र मानिसले बुझ्न दिने अर्थ ।

भन्नुको मतलब कतै हिंसा र अहिंसा प्रकृति सँगै त छैनन् ? 

प्रकृतिसँग जोडेर तर्क हुनसक्छन् तर हिंसा मान्छे जत्तिकै पुरानो छ । चेतना बढ्दै गएको पहिलो वैदिक युगसमेत, पौराणिक मान्छेले अहिंसालाई आध्यात्मिक चिन्तनमा प्रतिपादन दियो र पनि त्यो जीव वा प्राणी रक्षासँग सम्बन्धित देखिन्छ । मानिससँगै हिंसा भाव थियो र प्रतिवादमा अहिंसा दर्शन आयो । हिंसा भाव पहिले, हिंसाचार पछि पछि । समाज जति विकास भयो भनियो, त्यति हिंसाको सीमा पनि विस्तार भयो । हुँदाहुँदै प्रकृति पनि विकास भनिने प्रक्रियामा हिंसाचारको सिकार हुँदै, भइरहेछ ।

जैन धर्मावलम्बी (महावीर जैन प्रतिपादित आध्यात्मिक आस्था अनुशरणार्थी, सम्प्रदाय वा समुदाय) पहिलेदेखि नै मुखमा ‘मास्क’ लगाएर, खाली गोडा हिँड्ने गर्दैछन् । कारणमा हिँसाबाट जोगिने प्रयत्न नै भनिन्छ । सुनेअनुसार, उँड्दै गरेका कीटपतंग मुखमा परेर मर्ने सम्भावित हिंसा छेक्न ‘मास्क’ र पैदल भुइँ यात्रामा मिचिने कीरा फड्याङ्ग्रा बचाउन जुत्ता, चप्पलरहित खाली गोडा हिँड्ने अभ्यास त्यहाँ चलेको हो । हिंसा हो या होइन तर ‘मास्क’को वैज्ञानिकता त अहिलेको कोराना महामारी र प्रदूषणको बेला पनि प्रमाणित भएको छ ।    

सुरुको आध्यात्मिक दर्शन वा जीव हत्या प्रतिरोधी अहिंसा चिन्तन (बौद्ध दर्शनमा पनि) ले यो युगसम्ममा असीमित फैलावट ओगटेको छ । क्रमशः हिंसा राजनीतिक अर्थमा पनि प्रयुक्त हुने सान्दर्भिकतासँग जोडिन आयो । राजनीतिक परिणाममा विश्वलाई देखाइ दिने अहिंसाका आधुनिक कालमा प्रथम प्रयोक्ता भारतका महात्मा गान्धी हुन् । 

भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीले यही पौराणिक दीक्षालाई आधुनिक जीवन पद्धतिको मान्यतामा स्थापित त गरे नै अहिंसात्मक संघर्षलाई क्रान्ति वा परिवर्तनको सशक्त उपाय हो भनी प्रमाणितसमेत गरिदिए । अंग्रेज सत्तामा जकडिएको भारतले  खोसेर पाएको स्वतन्त्रता गान्धी नेतृत्वको अहिंसक आन्दोलनको प्रतिफल हो भन्ने बेलीबिस्तार सबैको मथिङ्गलमा छ । 

राजनीतिमा एकल प्रयोगले हिंसा युगमा अहिंसा सत्याग्रहले नयाँ ‘गान्धी युग’ स्थापित गरिदियो । कतिपय मुलुकमा अहिले पनि हतियारबद्ध लडाइँ भइरहेको र शस्त्रास्त्रको भीषण प्रतिस्पर्धी दुनियाँमा समेत अहिंसाको वाचन सर्वपक्षीय छ । अहिंसा सर्वशान्ति र राजनीतिमा शान्तिपूर्ण प्रतिरोधको उपायसँग पनि जोडिन आएको छ । जसरी राजनीतिक प्रक्रियासँग हिंसा जोडिएकैजस्तो लाग्थ्यो मात्र होइन अहिंसा पनि क्रान्ति उपायमा अनुभूति गनुपर्ने भएको छ । जस्तै नेपालका अहिंसक सत्याग्रही डा. गोविन्द केसी परिवर्तनको शान्तसूचक वर्तमान बनेका छन् । 

विविध हिंसाचार अलग्गै, राजनीतिक हिंसातिर सोच्दा नेपाली राजनीति यतिबेला हिंसाको चरममा देखिन्छ । पुनः यहाँको सर्वाङ्ग राजनीति हिंसाग्रस्त हुँदैछ । 

व्यक्ति बलात्कार मात्रैमा सीमित छैन हिंसा । हत्या त हिंसाको चरम नै भयो । व्यभिचार, लोभी आशय, घोच्ने हेराइ र मन छेड्ने बोलाइ सबै हिंसा मानिन्छ । आँखाको परेलीमा तरेली मिलाएर जिस्किनु, जिस्काउनु पनि त आशय हिंसा नै होला । यतिमै हिंसा सीमित रहेन । मर्यादा, विधि विधानको उल्लंघन पनि हिंसा नै रहेछ । चेतना भए, हिंसाको प्रत्यक्ष पीडितसँगै यसको व्यापकतामा समेत सोच्नु पर्ने रहेछ । हिंसा अन्त्य वा नियन्त्रण गर्ने सक्कली प्रतिच्छाया हेर्नुपरे अहिंसाको दर्पणमा मात्र देखिन्छ ।                        
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, मंसिर ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्