site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनजना सचिवमा बढुवा, भारत, बङ्गलादेशको उडान खोल्ने सरकारको निर्णय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीनजना सचिव बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको एकमन्त्रीले जानकारी दिए ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ । ती देशमा हवाई उडान, जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै उडान खोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने पर्यटक र अरू नागरिकलाई अराइभल र भिजिट भिसा दिने पनि निर्णय गरेको  छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १९:२५
प्रतिक्रिया दिनुहोस्