site stats
बाह्रखरी :: Baahrakhari
खेल
चेल्सीसँग न्युक्यासल पराजित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रिमियर लिग फुटबलमा न्युक्यासल चेल्सीसँग पराजित भएको छ । शनिबार साँझ भएको खेलमा न्युक्यासल चेल्सीसँग २–० गोलले पराजित भएको हो ।  न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सी आत्मघाती गोलबाट खेलामा अगाडी बढेको थियो । न्युक्यासलका फेडेरिको फेर्नान्डेजले आत्मघाती गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

खेलको १० औं मिनेटमा मसोन माउन्टको क्रसलाई बचाउन खोज्दा फेर्नान्डेजले आत्मघाती गोल गरेका थिए । त्यस्तै दोस्रो हाफमा टमी अब्राहमले गोल गरे । उनले खेलको ६५ औं मिनेटमा टिमो वेरनरको पासमा सहजै गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसक्दा खेल चेल्सीले जितेको हो । 

यस जितसँगै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ खेल खेलेको चेल्सी पाँच खेलमा जित, तीन बराबरी र एक खेलमा हारसहित १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेल खेलेको न्युक्यासलको ११ अंक छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्