site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 हङकङका प्रजातन्त्र समर्थित सांसदहरुलाई अयोग्य ठहर 

हङकङ । हङकङमा प्रजातन्त्र समर्थित चार सांसदहरुलाई तत्कालदेखि नै लागु हुने गरी अयोग्‍य ठहर गरिएको  छ । 

बेइजिङले हङकङ सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरनाक ठान्‍ने राजनीतिज्ञहरुलाई अयोग्य ठहर्‍याउने नयाँ प्रस्ताव पारित गरेपछि हङकङले चार प्रजातन्त्र समर्थित सांसदहरुलाई अयोग्‍य ठहर गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हङकङको स्वतन्त्रतामा प्रतिबन्ध लगाउने चीनको यो पछिल्लो कदमको रुपमा लिइएको जनाइएको छ । प्रजातन्त्र समर्थक अन्य सांसदहरूले हङकङको यस कदमको विरोध गर्दै राजीनामा दिनसक्ने जनाइएको छ । 

यसअघि चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गर्दै सरकारविरुद्ध प्रदर्शन गर्ने, स्वतन्त्रताको माग गर्नेहरुमाथि कारबाहीको अभियान सुरु गरेको थियो । चीनको उक्त कदमको बेलायतसहितका पश्‍चिमा मुलुकहरुले चर्को विरोध गरेका थिए ।  - बीबीसी

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १५:५१
प्रतिक्रिया दिनुहोस्