site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लोकतन्त्रमा सच्याउन र सुधार गर्न सजिलो हुन्छ । जनस्तरबाट आलोचना हुनेबित्तिकै सांसदहरूले दसैँ खर्चका नाममा राज्यको ढुकुटीबाट दिइएको पैसा नलिने निर्णय गरे । कसैले राजीनामा गरेन र कसैले हारेको अनुभव पनि गर्नुपरेन । यद्यपि, लिनदिन अनुचित मानिएको दसैँ विशेष खर्च राज्यको ढुकुटीबाट लिएर अन्यत्र दिनु वा पार्टीको कोषमा जम्मा गर्नु पनि प्रकारान्तरले भ्रष्टाचार नै हो । यस्तै, खारेज गर्नुपर्ने अर्को विषय सांसदको तजबिजमा खर्च गरिने ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ पनि हो । सांसद्को तजबिजमा खर्च गरिने यस कार्यक्रमको सैद्धान्तिक र न्यायिक दुवै दृष्टिबाट औचित्य देखिँदैन । दुर्भाग्य, कोभिड—१९ को संक्रमण रोक्न पैसा नभएको भनेर पन्छन खोज्ने सरकार भने सांसदहरूको तुष्टीकरणका लागि राज्यको ढुकुटीबाट ६ अर्ब ६० करोड रुपियाँ दोहन गर्न अग्रसर भएको छ । 

बेलाबेलामा नाम फेरिएको भए पनि सांसदहरूलाई मतदाता रिझाउन र कार्यकर्ता पोस्न सजिलो हुनेगरी बनाइएको यो कार्यक्रम पञ्चायत कालको ‘विशेष कार्यक्रम’ कै निरन्तरता हो । पञ्चायतमा सिद्धान्ततः सबको राजनीतिक आस्था एउटै हुन भएकाले विकास निर्माणको आश्वासनका आधारमा जनतासँग मत माग्नुपर्थ्यो । यसैले राष्ट्रिय पञ्चायतका सदस्यहरूले व्यक्तिगतरूपमा मतदाता रिझाउन यस्ता कार्यक्रमहरूको व्यवस्था गराएका थिए । संसदीय प्रणालीमा मतदाताले व्यक्ति उमेदवारलाई भन्दा निजले प्रतिनिधित्व गर्ने पार्टीको नेता र नीतिलाई हेरेर मतदान गर्छन् । यसैले सरकारले राम्रो काम गरेमा वा प्रतिपक्षमा रहने दलहरूले जनताका आवाज संसद्मा प्रभावकारीरूपमा उठाएमा जनताले विश्वास गर्छन् । साथै, सांसदको तजबिजमा राज्यको ढुकुटी खर्च गर्न दिँदा प्रतिस्पर्धीमाथि अन्याय पनि हुन्छ । प्राकृतिक न्याय र समानताको सिद्धान्त विपरीत हुने हुनाले लोकतन्त्रमा यस्तो अभ्यास वाञ्छित हुँदैन ।

सैद्धान्तिक दृष्टिबाटै गलत  यो हाल ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ नाम दिइएको कार्यक्रम व्यवहारमा पनि उपयोगी देखिएको छैन । राज्यको ढुकुटीबाट ६ अर्ब ६० करोड रुपियाँ प्रायः सांसद निकट पार्टीका कार्यकर्ता पोस्ने गरी खुद्रे योजनाहरूमा खर्च गरिन्छ । यसैले यस कार्यक्रमको थालनीदेखि नै विरोध हुँदैआएको हो । चर्को विरोधपछि सरकारले निर्देशिका बनाएरै यस कार्यक्रमबाट विकासका नाममा ससाना योजनामा कनिका छर्ने प्रवृत्ति रोक्न खोजेको थियो । दुर्भाग्य, फेरि पुरानै शैलीमा कनिका छर्ने र कार्यकर्ता पोस्ने अभ्यास दोहोरिन लागेको समाचार प्रकाशमा आएको छ । संसद्मा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले यो कार्यक्रम बन्द गर्न सरकारसँग माग गरेको छ । अर्थविद्हरूले पनि यस प्रकारको कार्यक्रमको उपादेयतामा सन्देह प्रकट गर्दैआएका छन् । संघीय शासन व्यवस्थामा त झन् यस्ता खुद्रे विकास योजना स्थानीय तहको कार्यक्षेत्रमा पर्ने हुनाले ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ उनीहरूको अधिकारमा हस्तक्षेप ठहरिन्छ । अहिले कोभिड—१९ को महामारीबाट संक्रमति जनतालाई बिचल्लीमा पारेर छाडेकोमा सरकारको चर्को निन्दा र आलोचना भइरहेको छ । यस्तो अवस्थामा सिद्धान्त र व्यवहार दुवै दृष्टिबाट अनुचित र प्रकृतिक न्यायका दृष्टिमा अन्यायपूर्ण ठहर हुने ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ खारेज गरे सरकारले आफ्नो गुमेको साख आंशिकरूपमा भने पनि फर्काउन सक्नेछ । सांसदको तजबिजमा कार्यकर्ता पोस्नका लागि कनिका छर्नेगरी राज्यको ढुकुटीबाट अर्बौं रुपियाँ खर्च गरेर सरकारले थप कलंकित नबनोस् !          
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC