site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाको उपचार आफ्नै गोजीबाट गर्नू, सरकारले सक्दैन  : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार आफ्नै खर्चबाट गर्न भनेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाह्रखरीसँग कुरा गर्दै जसले इन्स्योरेन्स गरेको छ उसले सोही रकमबाट र नगरेको भए खल्तीबाटै खर्च गरेर कोरोनाको उपचार गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“जसले इन्स्योरेन्स् गरेका छन् । उनीहरुले त्यो सुविधा लिन सक्छन् अर्थात सोही रकम खर्च गर्न सक्छन् नगरेकाले खल्तीबाटै खर्च गर्नुपर्ने हुन्छ । इन्स्योरेन्सले पुगेन भने पनि संक्रमितले नै उपचार खर्च बेहोर्नुपर्छ । सरकारले खर्च गर्न सक्दैन ।”

“आर्थिक रुपले विपन्न, असक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंत्तिःमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निशुल्क गरिनेछ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “तर उनीहरुले पनि कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण खर्च निजको बिमा रकमबाट बेहोर्ने छ ।”
 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १४:४१
प्रतिक्रिया दिनुहोस्