site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 रुसले नेपाललाई कोरोनाविरुद्धको खोपका २ करोड ५० लाख डोज उपलब्ध गराउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ । कोषले मंगलबार ट्रिनिटी ​​फर्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ । 

यस सहमतिअनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप 'स्पुतनिक-भी' उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ ।

सम्झौताले धेरै देशहरूले कोरोना भाइरस भ्याक्सिन पोर्टफोलियोमा 'मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म'मा आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिने जनाइको छ । "मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्," रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रूसी खोपको क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र 'स्पुतनिक भी'ले शतप्रतिशत सहभागीहरुमा स्थिर 'ह्‍युमरल र सेलुलर' प्रतिरक्षा प्रतिक्रिया उत्पन्‍न गरेकोसमेत जनाइएको छ ।

११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित 'स्पुतनिक भी' खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ । 

Global Ime bank

४ सेप्टेम्बरमा, 'स्पुतनिक भी' पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो । 

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले 'स्पुतनिक भी' को माग गरेकोसमेत जनाइएको छ । आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलिनय डोज, ब्राजिलसँग ५० मिलियन, भारत - १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ । 

यसअघि रुस राष्ट्रपति भलाद्‌मिर पुटिनले यो खोप आफ्नो छोरीलाई पनि लगाइसकेको बताएका थिए । भारतीय सञ्‍चारमाध्यम लाइभमिन्टका अनुसार रुसमा उच्च प्रोफाइल अधिकारीहरू र राजनीतिज्ञहरूले पनि खोप लगाइसकेका छन् । 

तर, अमेरिका र पश्‍चिमा राष्ट्रहरुले रुसले खोप विकासमा क्लिनिकल परीक्षणका मापदण्ड पालना नगरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले भने यो खोपलाई मान्यता दिइसकेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC