बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चीनको सिन्जियाङमा ३८० हिरासत केन्द्रहरु, अझै थप्‍ने क्रम जारी
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, असोज ८, २०७७
Laxmi Bank
Laxmi Bank

बेइजिङ । चीनको उत्तरपश्‍चिमी क्षेत्र सिन्जियाङमा यसअघि बताइएभन्दा धेरै ठूलो हिरासत केन्द्रहरुको नेटवर्क भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । अस्ट्रेलियन थिंक ट्यांकका अनुसन्धानर्कताहरुले बिहीबार एक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै हिरासत केन्द्रहरु बढाउने क्रम जारी रहेकोसमेत बताएका छन् । 

तर, चीनले भने उइगर समुदायका लागि 'पुन:शिक्षा कार्यक्रम' कार्यक्रमहरु सुरु गरिरहेको बताएको छ । यद्पि उक्त हिरासत केन्द्रहरुमा लाखौं उइगर समुदायहरुलाई नियन्त्रणमा राखेर यातना दिने गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट चर्को आलोचना भइरहेको छ । 

Rohto Landing

Agani Group

अस्ट्रेलियन रणनीतिक नीति संस्था (एसपीआई) ले उक्त क्षेत्रमा ३८० भन्दा बढी हिरासत केन्द्रहरु रहेको बताएको छ । संयुक्त राष्ट्र संघले उक्त हिरासत केन्द्रहरुमा करिब १० लाख अल्पसंख्यक मुस्लिम समुदायका मानिसहरुलाई राखिएको बताएको थियो । 

चीनले भने उक्त शिविरहरुलाई 'आवधिक सिप प्रशिक्षण केन्द्रहरु' भएको र अतिवादको खतराको सामना गर्न यो आवश्यक भएको बताएको छ । उक्त क्षेत्रमा यसअघि अनुमान गरिएभन्दा करिब ४० प्रतिशत हिरासत केन्द्रहरु बढी भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । 

sarbottam cement

चीनले त्यहाँ प्रशिक्षार्थी राखेको र आवधिक सिप प्रशिक्षण केन्द्र भएको बताएको छ भने अनुसन्धानकर्ता नाथन रुसेरले भने, "हामीले प्राप्त गरेको प्रमाण अनुसार गैरन्यायिक हिरासतमा त्यहाँ मानिसहरु राखिएका छन् भने उनीहरुलाई विभिन्‍न अभियोग लगाइएको छ र उच्च सुरक्षा घेराभित्र बन्दी बनाइएको छ ।"

अन्य ६१ स्थानमा नयाँ हिरासत केन्द्रहरु बनाउन सुरु गरिएको पनि अनुसन्धानले जनाएको छ ।

अमेरिकाले सिन्जियाङमा उत्पादित सामग्रीमा प्रतिबन्ध लगाउने जनाएको थियो । अल्पसंख्यक मुस्लिम उइगरहरुको श्रम शोषणबाट उत्पादित सामग्रीमा प्रतिबन्ध लगाउने अमेरिकाले जनाएको थियो । - अलजजिरा 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, असोज ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्