site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 इमिरेट्‌स र अमेरिकी अधिकारीसँग छुट्टाछुट्टै वार्ता गर्न सुडानी नेता यूएईमा 
Sarbottam CementSarbottam Cement

आबुधाबी । सुडान काउन्सिलका प्रमुख अब्देशल फताह अल-बुर्हान यूएई पुगेका छन् । उनले यूएईमा इमिरेट्स र अमेरिकी अधिकारीसँग छुट्टाछुट्टै वार्ता गर्ने बताइएको छ । 

सुडानी सञ्‍चारमाध्यम अनुसार अल-बुर्हानले सुडानलाई अमेरिकाको 'आतंकवादको प्रायोजन' गरेको मुलुकको सूचीबाट हटाउने विषयमा अमेरिकी अधिकारीहरुसँग छलफल गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सुडानको सरकारी समाचार संस्था एसयूएनएका अनुसार सुडान काउन्सिल प्रमुख फताहले यूएई नेतृत्वसँग अन्य क्षेत्रीय मुद्दाहरुमासमेत छलफल गर्ने बताइएको छ । 

गत वर्ष सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई सत्ताच्युत गरेर गिरफ्तार गरिएको सेनाले मुलुकको सत्ता सम्हालिरहेको छ । सेनाले दुई बर्षे संक्रमणकालको जिम्मा लिने र त्यसपछि निर्वाचन हुने बताइएको थियो । 

Global Ime bank

त्यसैगरी उनीसँगै भ्रमणमा रहेका सुडानका कानुन मन्त्री नासिइद्दिन अब्देलबारीले अमेरिकी अधिकारीहरुलाई छुट्टै भेट गर्ने र संक्रमणकालमा सहयोग गर्न र अमेरिकी ऋण मिनाहका लागि कुरा गर्ने जनाइएको छ । 

एक्ओइस वेबसाइटका अनुसार अमेरिकी, इमरेट्स र सुडानी अधिकारीले आबुधाबीमा सोमबार निर्णायक वार्ता गर्ने बताइएको छ । - अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC