site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एचएसबीसीको सेयरमा २५ वर्षयताको सबभन्दा ठूलो गिरावट 
Ghorahi CementGhorahi Cement

लन्डन । बेलायतको सबैभन्दा ठूलो बैंक एचएसबीसीको सेयरमा २५ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ ।

बैंक घोटाला गरेको खुलासा भए पनि बैंकले आफ्ना कर्मचारीहरुलाई अन्य बैंकमा पैसा पठाएको दिएको भन्‍ने फिनसेन फाइल्स सार्वजनिक भएपछि बैंकको सेयरमा सन् १९९५ यताकै सबैभन्दा ठूलो गिरावट आएको हो । 

Agni Group

हङकङको राजनीतिक उतारचढाव र महामारीका कारण बेलायतस्थित बैंकहरु अहिले आर्थिक दबाबमा छन् । 

यही दबाब र एचएसबीसीको घोटाला काण्ड खुलासापछि सेयरमा ४ प्रतिशतभन्दा बढीको गिरावट आएको हो । यस वर्ष एचएसबीसीको शेयर ५० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । 

Global Ime bank

लन्डन केन्द्रीय कार्यालय भएको एचएसबीसीको आधाभन्दा बढी नाफा एसियाली फाइनान्सियल हब हङकङबाट आउने गरेको छ । फिनसेन फाइल्स सार्वजनिक हुनुअघि एसएसबीसी बैंक ठूलो दबाबमा भएको र फाइल्स सार्वजनिक भएपछि बैंकको सेयरमा ठूलो गिरावट आएको हो । 

गत अगस्तमा ६५ प्रतिशतभन्दा बढी घाटा व्यहोरेको थियो । त्यो भनेको ४ अर्ब ३० करोड रुपैयाँ हो । विज्ञहरुले प्रक्षेपण गरेभन्दा बढीले बैंकको नाफामा गिरावट आएको थियो । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC