site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौं महानगरपालिकामा अब अनलाइन राजस्व प्रणाली

काठमाडौं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । 

महानगरपालिकाले आज  वडा २६ लगायत १० वटा वडाबाट सेवा सुरु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णयअनुसार विभिन्‍न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताए । सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशभरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए । कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अव त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १३:२२
प्रतिक्रिया दिनुहोस्