बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
हङहङमा कोरोना संक्रमणबाट जोगिन नयाँ प्रतिबन्धको घोषणा, उल्लंघन गरे ६४५ डलर जरिवाना
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, साउन ७, २०७७
Laxmi Bank
Laxmi Bank

हङकङ । नोभेल कोरोना भाइरसको संक्रमणबाट कम प्रभावित भएको भनिएको हङकङमा बुधबार मध्यरातिदेखि लागु हुने गरी नयाँ कडा प्रतिबन्धहरु लागु गरिएको बताइएको  छ । 

विभिन्‍न सार्वजनिक स्थानमा रहँदा तथा कार्यालयमा रहँदा अनिवार्य मास्क लगाउनुपर्ने प्रावधान राखिएको छ ।  कसैले पनि उक्त नियम उल्लंघन गरेमा ५ हजार हङकङ डलर तथा ६४५ अमेरिकी डलर तिर्नुपर्ने प्रवाधान राखिएको छ । 

Agani Group

त्यसैगरी जिम तथा मनोरञ्‍जनका स्थानहरु २८ जुलाईसम्म बन्द राख्‍न भनिएको छ । त्यसैगरी बेलुका ६ बजेपछि खाना खाने रेस्टुरेन्टहरु पनि बन्द गरिने जनाइएको छ ।  हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानले भनिन्, "यो हङकङका लागि निकै गम्भीर समय हो । हामी नागरिकहरुला२ धैर्यता गर्न र सकेसम्म घरभित्रै बस्‍न आग्रह गर्दछौं ।" 

पछिल्लो साता हङकङमा कोरोना भाइरस संक्रमितको संख्या बढीरहेको छ । मंगलबार मात्र हङकङमा ६१ जना कोरोना भाइरस संक्रमित देखिएका थिए । त्यसैगरी २४ घण्टाको अवधिमा हङकङमा दुईजनाको मृत्यु भएको थियो । हङकङमा हालसम्म दुई हजार १३२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने ११२ जनाको मृत्यु भएको  छ । - बीबीसी 

sarbottam cement


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, साउन ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्