
काठमाडौं । ओपो टीडब्ल्यूएस इयरफोनको चीनमा प्याटेन्ट दर्ता भएको छ । गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्ल्यूएस इयरफोन, एन्को फ्रि सार्वजनिक गरेको थियो । इयरफोन गत वर्षको डिसेम्बर महिनामा पहिलोपटक यो उत्पादन भएको थियो ।
लगतै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हात पार्ने सोचका साथ थप इयरबड्स पनि सार्वजनिक गरिसकेको छ ।
सोही वायरलेस इयरबड्स चाइनिज प्याटेन्ट अफिस (सीएनआईपीए) सँग प्याटेन्ट गरिएको हो । प्याटेन्ट गरिएको इयरबड्समा इन–इयर डिजाइनका साथै यही महिनाको सुरुमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस इयरफोनमा झैं स्टेमको प्रयोग गरिएको छ ।
प्रमाणित मोडलमा एन्को डब्ल्यू ५१ को तुलनामा छोटो स्टेमको प्रयोग गरिएको छ । इयरबड्सकाे पछिल्तिरको भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ । साथै यसमा, गोलाकारमा सुनौलो रिङ र न्वाइज क्यान्सिलेसनका लागि एउटा कट–आउट डिजाइन पनि अपनाइएको छ ।
प्रमाणीकरण सूचीमा इयरबड्ससम्बन्धी विस्तृत विवरण दिइएको छैन तर यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन तथा डिप बास लगायत फिचर्स उपलब्ध हुने अनुमान गरिएको छ । छोटो स्टेमलाई दृष्टिगत गर्दै यसमा रहेको माइक्रोफोन पनि निकै संवेदनशील हुने अनुमान लगाएको छ । साथै, ब्लुटुथ ५.०, आईपी वाटर रेसिस्टेन्स रेटिङ र टिकाउ ब्याट्रीलगायत साधारण फिचर्स यसमा हुने बताइएको छ ।