site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिल गरिएको धनकुटा जिल्ला अस्पताल आइतबारबाट खुल्ने
Ghorahi CementGhorahi Cement

विराटनगर । कार्यरत स्वास्थ्यकर्मीमा नै कारोना संक्रमित भेटिएपछि गत सोमबारदेखि ‘सिल’ गरिएको धनकुटा जिल्ला अस्पतालको सेवा आइतबारदेखि सुचारु हुने भएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको छ । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेको छ ।

Agni Group

धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरूको अहिले कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ । 

जेठ ४ गते धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । लगत्तै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्थलगत अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव सहितको विज्ञ टोली लिएर धनकुटा पुगेका थिए ।

Global Ime bank

स्थलगत अनुगमनपछि प्रदेशसभाका धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद, धनकुटा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत रसरोकारवालाहरूको बैठकपछि अस्पताललाई तत्कालका लागि सिल गर्ने निर्णय गरेको थियो । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता सुरेश यादवले शुक्रबार विज्ञप्ति प्रकासित गरी अस्पतालको सेवा आइतबारदेखि सुरु हुने जनाएका छन् । अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेस्टिङ, सिल गरिएको अस्पतालसम्बन्धी कार्ययोजना तय गर्न टोली धनुकटा पुगेको थियो ।

टोलीको सुझावअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डे, प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा. प्रज्वल प्याकुरेल, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई, विश्व स्वास्थ्य सगठनका प्रतिनिधि हरिकृष्ण भट्टराईसहितको टोली अनलाइन बैठकबाट अस्पताल पूर्ववत रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC